८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

दलित केन्द्रद्वारा गैरदलितलाई घर

दलित केन्द्रद्वारा गैरदलितलाई घर
अ+ अ-

स्याङ्जा । अर्जुन चौपारी गाउँपालिका वडा नं ६, धुले चैनपुरका अतिविपन्न ६५ वर्षीय सेते खड्काले नयाँ घर पाउनुभएको छ । बाँसले बारेर त्रिपालले छाएको घरमा बस्नै आउनुभएका खड्कालाई दलित उत्थान केन्द्रमा अर्जुन चौपारीले घर बनाएर दिएको हो ।

आआफ्नो वर्ग, जात जातिमा आउने रकम सोही जात जातिमा प्रयोग गरिरहँदा यहाँको दलित उत्थान केन्द्रले गैरदलित खड्काको घर बनाइदिएर नमुना काम गरेको हो । गत मंसिर १८ गते जिल्ला प्रशासनमा दर्ता भएको केन्द्रले गरिब विपन्न तथा असाहयलाई सहयोग गर्ने अभियान अन्तर्गत सेतेको घर बनाएको हो ।

श्रीमति ६० वर्षीय पवित्रा खड्कासहित लामो समय बाँसले बारेको घरमा बस्नुभएका सेते  खड्कालाई गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले घरको चाबी हस्तान्तरण गर्नुभएको हो । स्थापनाको छोटो समयमा राम्रो काम गरेको हुँदा अतिविपन्न परिवारको हतिका लागि काम गर्न पालिकाले दलित उत्थान केन्द्रलाई सहयोग गर्ने र नयाँ नयाँ काममा लाग्ने गाउँपालिका अध्यक्ष तिवारीले आग्रह गर्नुभयो । लामो समय भारत बस्नुभएका खड्का नेपाल आएसँगै आफ्नो कुनै घर नहुँदा बाँसले बारेर स्थानीयले घर बनाइदिएका थिए ।

हिउँदमा चिसो र बर्खामा पानीले भिजेर चिसो भुँइमा बस्नुपर्ने आफ्नो परिवारको दलित उत्थान केन्द्रमा आएको सेते खड्काले बताउनुभयो । खड्का परिवारलाई रु एक लाख ५६ हजार १०७ लागतमा शौचालय तथा विजुली जडान गरी निःशुल्करुपमा हस्तान्तरण गरिएको हो । यस्तै बिस्तारा सेट, चामल, नुन, तेल, दाल, चिनी, साबुन तथा घरमा चाहिने भाँडा, गाग्री, प्रेसर कुकर, थाली, कचौरा, जग, डाडुपन्यु, र खड्का परिवारलाई लगाउने कपडासमेत प्रदान गरिएको थियो ।

दलित उत्थान केन्द्रले पालिकाभित्र रहेका अतिविपन्न परिवारको पहिचान गरी घर, शौचालय निर्माणका साथै विजुली बत्ती जडानका साथै आवश्यक सामग्री प्रदान गर्दै आएको छ । दलित उत्थान केन्द्रले स्थापनाको सात महिनामै अतिविपन्नका चार नयाँ घर निर्माण, तीन वटा मर्मत, ४० परिवारमा विजुली जडान, ३० परिवारलाई न्यानो कपडा, ३० परिवारलाई दशैँ कोसेली, पाँच सेट सिलाइकटाइ मेसिन, आरन निःशुल्क प्रदान गरेको छ ।

पालिकाको दलित उत्थान कोषको १० लाख र दुई लाख पाँच हजार सहयोगीसँग संकलन गरेर विपन्न, गरिबको क्षेत्रमा सहयोग गरेको अध्यक्ष दीपक विश्वकर्माले बताउनुभयो ।

विगतमा दलित केन्द्र आफ्नौ सजातिलाई सहयोग गर्ने गरेको बताउँदै विश्वकर्माले कुनै जाति धर्म नभनी सबै जातजातिको सहयोगमा लाग्ने बताउनुभयो ।