४ पुष २०८२, शुक्रबार
,
Latest
हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलित केन्द्रद्वारा गैरदलितलाई घर



अ+ अ-

स्याङ्जा । अर्जुन चौपारी गाउँपालिका वडा नं ६, धुले चैनपुरका अतिविपन्न ६५ वर्षीय सेते खड्काले नयाँ घर पाउनुभएको छ । बाँसले बारेर त्रिपालले छाएको घरमा बस्नै आउनुभएका खड्कालाई दलित उत्थान केन्द्रमा अर्जुन चौपारीले घर बनाएर दिएको हो ।

आआफ्नो वर्ग, जात जातिमा आउने रकम सोही जात जातिमा प्रयोग गरिरहँदा यहाँको दलित उत्थान केन्द्रले गैरदलित खड्काको घर बनाइदिएर नमुना काम गरेको हो । गत मंसिर १८ गते जिल्ला प्रशासनमा दर्ता भएको केन्द्रले गरिब विपन्न तथा असाहयलाई सहयोग गर्ने अभियान अन्तर्गत सेतेको घर बनाएको हो ।

श्रीमति ६० वर्षीय पवित्रा खड्कासहित लामो समय बाँसले बारेको घरमा बस्नुभएका सेते  खड्कालाई गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले घरको चाबी हस्तान्तरण गर्नुभएको हो । स्थापनाको छोटो समयमा राम्रो काम गरेको हुँदा अतिविपन्न परिवारको हतिका लागि काम गर्न पालिकाले दलित उत्थान केन्द्रलाई सहयोग गर्ने र नयाँ नयाँ काममा लाग्ने गाउँपालिका अध्यक्ष तिवारीले आग्रह गर्नुभयो । लामो समय भारत बस्नुभएका खड्का नेपाल आएसँगै आफ्नो कुनै घर नहुँदा बाँसले बारेर स्थानीयले घर बनाइदिएका थिए ।

हिउँदमा चिसो र बर्खामा पानीले भिजेर चिसो भुँइमा बस्नुपर्ने आफ्नो परिवारको दलित उत्थान केन्द्रमा आएको सेते खड्काले बताउनुभयो । खड्का परिवारलाई रु एक लाख ५६ हजार १०७ लागतमा शौचालय तथा विजुली जडान गरी निःशुल्करुपमा हस्तान्तरण गरिएको हो । यस्तै बिस्तारा सेट, चामल, नुन, तेल, दाल, चिनी, साबुन तथा घरमा चाहिने भाँडा, गाग्री, प्रेसर कुकर, थाली, कचौरा, जग, डाडुपन्यु, र खड्का परिवारलाई लगाउने कपडासमेत प्रदान गरिएको थियो ।

दलित उत्थान केन्द्रले पालिकाभित्र रहेका अतिविपन्न परिवारको पहिचान गरी घर, शौचालय निर्माणका साथै विजुली बत्ती जडानका साथै आवश्यक सामग्री प्रदान गर्दै आएको छ । दलित उत्थान केन्द्रले स्थापनाको सात महिनामै अतिविपन्नका चार नयाँ घर निर्माण, तीन वटा मर्मत, ४० परिवारमा विजुली जडान, ३० परिवारलाई न्यानो कपडा, ३० परिवारलाई दशैँ कोसेली, पाँच सेट सिलाइकटाइ मेसिन, आरन निःशुल्क प्रदान गरेको छ ।

पालिकाको दलित उत्थान कोषको १० लाख र दुई लाख पाँच हजार सहयोगीसँग संकलन गरेर विपन्न, गरिबको क्षेत्रमा सहयोग गरेको अध्यक्ष दीपक विश्वकर्माले बताउनुभयो ।

विगतमा दलित केन्द्र आफ्नौ सजातिलाई सहयोग गर्ने गरेको बताउँदै विश्वकर्माले कुनै जाति धर्म नभनी सबै जातजातिको सहयोगमा लाग्ने बताउनुभयो ।