६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम प्रदेशका कानूनमन्त्री सिंहको निधनप्रति दुःख व्यक्त गर्दै प्रतिनिधिसभा बैठक स्थगित



अ+ अ-

काठमाडौं । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी भएको निधनप्रति दुःख व्यक्त गर्दै प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ ।

आज दिउँसो बझाङको बागथलामा सिंह सवार गाडी दुर्घटना हुँदा उहाँकी श्रीमती अमृता सिंह र भाउजू जयादेवी सिंहको पनि निधन भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत अर्थ, सहरी विकास, खानेपानी र श्रम तथा रोजगार मन्त्रालयको विषयगत बजेटमाथिको छलफल चलिरहेको थियो । उक्त छलफल भोलि पनि जारी रहनेछ ।

आजको बैठकमा सांसद बलराम अधिकारीले पहुँचका आधारमा बजेट बाँडिएको बताउनुभयो । पहुँच भएका व्यक्तिको निर्वाचन क्षेत्रका आयोजनामा बजेटको दोहोरोपना देखिएको उहाँको भनाइ छ । आफ्नो निर्वाचन क्षेत्रमा सहरी विकासम्बन्धी कुनै पनि योजना तथा कार्यक्रम बजेटमा नपरेको उल्लेख गर्नुहुँदै उहाँले विनियोजन कुशलता र समावेशीताको गम्भीर उपहास भएको धारणा राख्नुभयो । कोभिड महामारीको समयमा बन्द भएको छोटी भन्सार अझै खुल्न नसकेको विषय पनि उहाँले उठाउनुभयो ।

सांसद रामकृष्ण यादवले नागरिकको स्वच्छ खानेपानीको हक सुनिश्चितताका लागि बजेटमा व्यवस्था गरिएको र उक्त कार्यक्रम कार्यान्वयनमा जोड दिनुभयो । तराईका जिल्लामा आर्सेनिकयुक्त पानी पिउनुपर्ने अवस्था रहेको उल्लेख गर्नुहुँदै सांसद यादवले शुद्ध खानेपानीको व्यवस्थाका लागि माग गर्नुभयो । त्यस्तै, भूमिगत पानीको स्रोत घट्दै गएकोप्रति पनि उहाँले ध्यानाकर्षण गर्नुभयो । हरेक जिल्लाको सदरमुकाममा खानेपानीको ठूलो ट्याङ्की स्थापना गरिनुपर्ने उहाँको भनाइ छ ।

मधेस क्षेत्रमा भूमिगत पानीको स्रोत सकिएकाले ट्युबवेल सुकेको र अहिले खानेपानीको हाहाकार रहेको विषय सांसद राजकुमार गुप्ताले पनि उठाउनुभयो । त्यस्तै, नागरिकता विधेयकसम्बन्धी विवाद चाँडै टुङ्ग्याउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । प्रतिनिधिसभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्नेछ ।रासस