२१ मंसिर २०८२, आईतवार
,
Latest
नेपालमा लैङ्गिक हिंसाको बहुआयामिक चुनौतीः कानूनी ढाँचा मजबुत भएपनि कार्यान्वयन कमजोर मधेसका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु लगानीका लागि स्थायित्व जरुरी छः सिइओ ज्ञवाली राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामनपाले तोक्यो ३९ विद्यालयलाई रु एक लाखसम्म जरिवाना



फाईल फोटो
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरले छात्रवृत्ति विवरण नबुझाउने ३९ विद्यालयलाई रु १ लाखसम्म जरिवाना गरेको छ । काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहले महानगरभित्र सञ्चालित ५०४ निजी विद्यालयमध्ये ४६५ ले मात्रै छात्रवृत्ति विवरण बुझाए पनि ३९ वटाले नुबझाएको भन्दै रु एक लाखसम्म जरिवाना ताेकेकाे जानकारी दिनुभयो ।

महानगरको इतिहासमा पहिलो पटक विद्यालयहरुले छात्रवृत्तिको विवरण बुझाएको पहिलो पटक भएको उहाँले बताउनुभयो । महानगरले छात्रवृत्ति अनिवार्यरुपमा उपलब्ध गराउन र त्यसको विवरण महानगरमा बुझाउन निर्देशन दिएसँगै १३ हजारभन्दा बढी विद्यार्थीले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेका छन् । प्राप्त विवरण निरीक्षण गरेपछि सूची प्रकाशित गर्ने समेत प्रमुख शाहले बताउनुभयो ।

साथै हालसम्म विवरण नबुझाउने बाँकी विद्यालयलाई रु एक लाख जरिवाना तिराएर थप एक पटक विवरण बुझाउन मौका महानगरले ती विद्यालयलाई दिएको छ । त्यसपछि पनि विवरण नबुझाए काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५७ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिने महानगरले जनाएको छ ।