१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी मोर्चाबाट काँग्रेस तर्सिएको छैनः प्रदीप पौडेल



file
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले समाजवादी मोर्चा बनाउँदैमा काँग्रेस नतर्सिने बताउनुभएको छ ।

मंगलवार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले समाजवादी मोर्चाबाट काँग्रेस नतर्सिएको बताउनुभएको हो । उहाँले अब एमालेसहितको कम्युनिष्ट एकताको सम्भावना नरहेको समेत स्पष्ट पार्नुभयो । उहाँले एमालेसँग दुरी बढाउनका निम्ति अरु कम्युनिष्ट नेताहरुले समाजवादी मोर्चा घोषणा गरेको बताउनु भयो । उहाँले समाजवादी मोर्चासँग आशंका गरेर काँग्रेस सरकारबाट नबाहिरिने बताउनु भयो । उहाँले विधि विधानले व्यवस्था गरेबमोजिम पार्टी सञ्चालन हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब एमालेसहितको कम्युनिष्ट एकताको सम्भावना अब रहेन, एमालेसँग दुरी बढाउनका निम्ति अरु कम्युनिष्ट नेताहरुले यो गरेका हुन् । यो मोर्चा बनाएपछि सरकार फेरिने, काँग्रेस त्यसमा आशंका गरेर बाहिरिने स्थिति बन्छ भन्ने लाग्दैन । हामीले आफ्नो विषय प्रस्ट्याएर जनताका बीचमा जानुपर्छ । प्रष्टता नभएका कुराहरु हाम्रो बीचमा कमजोरी छन् । त्यसको अन्त्य हुनुपर्छ । भाषण कम छ तर वैचारिक वहस पनि कम भएको छ । विधि विधानले व्यवस्था गरेबमोजिम पार्टी चल्नुपर्छ । बैठक नियमित ढंगबाट बस्नुपर्छ । जुन विषयमा निर्णय गर्नुपर्नेछ, त्यो निर्णय सभापति र उहाँले मन पराएका दुई चार जना मात्रै बसेर गर्नु भएन । कार्य सम्पादन, केन्द्रिय समितिहरु पनि त्यसमा सहभागी हुनुपर्छ ।’

सांसद पौडेलले पार्टीबाट गरिने निर्णयहरु सभापति र सभापतिका नजिकका केही नेताहरुमात्रै बसेर गर्न नहुने बताउनु भयो ।