• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   दोषी करार गर्ने ढंगले काँग्रेसले प्रस्ताव ल्याएको मान्य हुँदैन: शिशिर खनाल ★   गृहमन्त्री लामिछानेलाई छानविनको दायरामा ल्याउनुपर्ने काँग्रेसको अडान यथावत ★   ब्रोइलर कुखुराको रोग मानिसमा सर्दैन: नेपाल भेटेरिनरी एशोसिएशन ★   कार्यदल बैठक निष्कर्षविहीन ★   रिसाए रोहितः प्रशारणकर्तामाथि किन एक्कासी आक्रोशित बने ? ★   नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार ★   आईपीएलमा धोनीका यी विवादहरु जसलाई उनका फ्यानहरु विश्वास गर्न सक्दैनन् ★   गण्डकीमा पूर्वाधार निर्माण तीव्र गतिमा ★   करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु ★   उपप्रधानमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेबिसंघको प्रदर्शन– तस्बिरहरु

समाजवादी मोर्चा वृद्धहरुको क्लबः योगेश भट्टराई



काठमाडौँ । नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले समाजवादी मोर्चा वृद्धहरुको क्लब भएको बताउनुभएको छ ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले समाजवादी मोर्चा प्रौढहरुको क्लव भएको बताउनुभएको हो । उहाँले समाजवादको धारणामा एकरुपता हुन नसकेकाहरुको मोर्चा धेरै समय नटिक्ने दाबी गर्नुभयो । उहाँले मोर्चामा संविधान च्यात्नेसम्म रहेको उल्लेख गर्दै संविधानप्रति समान दृष्टिकोण नरहेकाहरुको मोर्चाले उपलब्धि दिन नसक्ने बताउनु भयो । उहाँले समाजवादी मोर्चा बनाएका दलहरु अस्तित्वको संकटमा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘समाजवादी मोर्चा भनेर बनाउनुभएको छ, समाजवादको धारणाप्रति नै उहाँहरुको एकरुपता छ त ? समाजवादमा पुग्ने बाटोमा एकरुपता छ त ? उपेन्द्र यादवजीले समाजवादमा पुग्ने बाटो र नेत्रक्रिम चन्दले समाजवादमा पुग्ने बाटो एउटै छ ? तरिका एउटै हो ? संविधानप्रति उहाँहरुको समान दृष्टिकोण छ ? संविधान च्यात्नेहरु पनि त्यहीँ हुनुहुन्छ । कस्तो मोर्चा हुन्छ त्यो ? यो प्रौढहरुको क्लव हो । यसमा इतिहासको बखान हुन्छ । मेरो पालमा यो, मेरो पालामा यो । यो बुढाहरुको क्लव हो । भविष्यको सपना केही पनि छैन । समाजवादी मोर्चा बनाएर दलहरु अस्तित्वको संकटमा छन् । मोर्चा पछि आफैँ झगडा गर्दछन्, छुट्टिन्छन् ।’

सांसद भट्टराईले संसदमा पेस गर्ने डकुमेण्ट परिष्कृत हुनुपर्नेमा अहिले विभिन्न त्रुटीहरु भइरहेको बताउनु भयो । उहाँले मन्त्रीको नियतका कारण भइरहेका गल्तीलाई स्वीकारेर अघि बढ्न नसकिने बताउनु भयो । उहाँले छलफलमा मन्त्रीहरु नआएको भन्दै सरकार सदनप्रति जवाफदेही बन्न नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसदमा पेस गर्ने डकुमेण्ट धेरै नै परिष्कृत भएर आउनुपर्छ । यो मानवीय त्रुटी भन्दा पनि नियत हो । सबै प्रदेशको नाम भइसकेपछि मन्त्रीले नाम नै नलेख्ने ? बजेट कसरी इन्ट्री हुन्छ । यसमा प्रधानमन्त्रीज्युले पनि कमाण्ड नगर्नुभएको हो की ? आफ्ना मन्त्रीलाई बोलाएर संसदमा कसरी प्रश्तुत हुने भन्नुपर्छ की । छलफलमा नै मन्त्रीहरु आउँदैनन् । संसदलाई ध्यान दिन सकिएको छैन । सरकार संसदप्रति जवाफदेही छैनन् । उहाँहरुको हेलचेक्रयाँई छ । सत्ता पक्षकै नेताहरु असन्तुष्टि हुनुहुन्छ बजेटमा । बजेट फेल भएपछि सरकार स्वतः जान्छ ।’

सांसद भट्टराईले बजेटप्रति सत्ता पक्षकै सांसदहरु असन्तुष्ट रहेको भन्दै बजेट फेल भए सरकार स्वतः ढल्ने बताउनु भयो ।