६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालविरुद्ध जहांगिरको शतक



अ+ अ-

काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोट–२०२३ अन्तर्गत अमेरिकाका शयान जहांगिरले नेपालविरुद्ध शतक बनाएका छन् ।

जिम्बावेको ताकशिंगा स्पोर्ट्स क्लबमा जारी खेलमा टस हारेर ब्याटिङ थालेको अमेरिकाका जहांगिरले ७९ बलमा शतक बनाएका हुन् । उनले १० चौका र ३ छक्का प्रहार गरे ।

यो समाचार तयार पार्दासम्म अमेरिका ४८.३ ओभरमा ८ विकेटको क्षतिमा २०७ रनको स्थितीमा छ ।