१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा पेसमेकर



फाईल फोटो
अ+ अ-

काठमाडौँ । मुटुसम्बन्धी समस्याबाट पीडित राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा पेसमेकर राखिएको छ।

मंगलबार मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको छातीको शल्यक्रिया गरी पेसमेकर राखिएको बताइएको छ ।

राष्ट्रपति पौडेल गत शनिबार अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको पौडेलको मुटुको धडकन अस्थिर भएपछि पेसमेकर राखिएको हो । पेसमेकरले मुटुको चाललाई स्थिर बनाउन सहयोग गर्छ।

छातीमा मुटुमाथि राखिने सानो यन्त्र पेसमेकरले मुटुको धडकनलाई प्रतिमिनेट तोकिएको मात्रामा धडकन सहयोग गर्छ।

पेसमेकर राखेपछि सामान्यतया यो १० वर्ष चल्छ। त्यसपछि ब्याट्री फेर्नुपर्ने हुन्छ।