१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

इस्कोनले निकाल्यो काठमाडौँमा जगन्नाथ रथयात्रा



अ+ अ-

काठमाडौँ । कृष्ण चेतनाका लागि अन्तर्राष्ट्रिय समाज (इस्कोन)ले राजधानीमा मंगलबार जगन्नाथ रथयात्रा निकालेको छ ।

इस्कोनले बूढानीलकण्ठस्थित राधाकृष्ण मन्दिरबाट जगन्नाथ, बलदेव, शुभद्राको मूर्तिलाई बाजागाजासहित लैनचौरमा ल्याएको छ । त्यहाँ सिंगारिएको रथमा विराजमान गराएर श्रद्धालुहरूसहित भएर ती मूर्तिलाई नगर परिक्रमा गराइएको हो ।

 

विष्णुका पूर्ण कला रूप श्रीकृष्णलाई संस्कृतमा जगन्नाथ नामले पनि पुकार्ने गरिन्छ । जगन्नाथ भारतको चार धाममध्ये पवित्र तीर्थस्थलसमेत हो । बद्रीनाथ उत्तर खण्डको हिमालय, रामेश्वरम दक्षिणको तमिलनाडु प्रान्त, द्वारिका पश्चिम प्रान्त गुजरात, जगन्नाथ पुरी पूर्वप्रान्त उडिसामा अवस्थित छ ।

यात्रामा श्रीमद् एसी भक्तिवेदान्त स्वामी प्रभुपादको प्रतिमालाई बग्गीमा राखेर नगर परिक्रमा गराइएको छ ।

 

https://www.facebook.com/watch?v=256553563644188