८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

भोजपुरका किसान व्यावसायिक कृषिमा आकर्षण

भोजपुरका किसान व्यावसायिक कृषिमा आकर्षण
अ अ+ अ-

भोजपुर । भोजपुरका किसानको व्यावसायिक कृषिमा आकर्षण बढेको छ । तीनै तहको सरकारबाट कृषिमा लाग्नका लागि विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन भएपछि किसानमा यसप्रति आकर्षण बढेको हो । व्यावसायिक कृषिमा लागेर उनीहरूले मनग्य आम्दानीसमेत गर्दै आएका छन् । पराम्परागतरूपमा खेती गरिरहेका उनीहरू अनुदानसँगै प्राविधिक तथा प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेपछि व्यावसायिक खेतीमा जुटेका हुन् ।

सरकारको विभिन्न निकाय तथा वडाले प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेसँगै कृषिप्रति मोह बढेको स्थानीय किसान सिर्जना बाँस्तोलाले बताउनुभयो । वडा कार्यालयले दिने प्रोत्साहनमूलक कार्यक्रमसँगै प्राविधिक सहयोगले खेती विस्तारमा थप टेवा पुगेको किसान उहाँको भनाइ छ । “स्थानीय तहको सहयोगले व्यावसायिक तरकारी खेतीमा लाग्न सहयोग पुगेको छ”, उहाँले भन्नुभयो, “तरकारीसँगै नगदेबाली उत्पादन गरेर राम्रो आम्दानी गरिरहेकी छु । उत्पादन भएको तरकारी स्थानीय हाटबजारसँगै भोजपुर बजार जाने गरेको छ ।”

वडा कार्यालयले प्राविधिक सहयोगसँगै माटो परीक्षण गरिदिएपछि खेती गर्न थप सहज भएको उहाँको भनाइ छ । आधुनिक प्रविधिअनुसार खेती गर्दा राम्रो उत्पादन हुने किसान बाँस्तोलाले बताउनुभयो । “खेती गर्छु भनेर मात्र पनि हुन्नरहेछ”, उहाँले भन्नुभयो, “कृषिसम्बन्धी ज्ञान भएमा तरकारी खेतीबाट राम्रो आम्दानी लिन सकिने रहेछ । रोग कीराका विषयमा आफूलाई जानकारी भयो भने धेरै सहज हुने रहेछ ।”

वडा कार्यालयले व्यावसायिकरूपमा खेतीमा जुटेका किसानको पहिचान गरेर उनीहरूको व्यावसायिक योजनाको आधारमा अनुदान सहयोग गर्दै आएको जनाएको छ । भौगोलिकरूपमा उर्वरभूमि रहेकाले कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताउनुभयो । व्यावसायिक खेतीका लागि माटोको परीक्षण गरेर माटो सुहाँउदो बाली लगाउन प्रोत्साहन गरिने उहाँको भनाइ छ ।

“आर्थिकरूपमा किसानलाई सक्षम बनाउन कृषिमा जोड दिन आवश्यक छ”, उहाँले भन्नुभयो, “हामीले यहाँ माटोअनुसारको बालीमा जोड दिएका छौँ । व्यावसायिकरूपमा खेतीमा लागेका किसानको पहिचान गरेर अनुदानको कार्यक्रम सञ्चालन गर्छौँ । अहिले व्यावसायिक कृषिमा लाग्नेको सङ्ख्या बढ्दो छ ।”

सीमित बजेटमा पनि यहाँको आवश्यकता पूर्वाधार विकासमा योजनाबद्धरूपमा काम गरिरहेको उहाँको भनाइ छ । कृषकले उत्पादन गरेको कृषि उपजलाई बजारीकरणमासमेत सहयोग गर्ने लक्ष्य रहेको वडाध्यक्ष नेपालले जानकारी दिनुभयो ।

वडाको बजेटबाहेक अन्य सङ्घसंस्थासँग सहकार्य गरेर पनि कृषिका कार्यक्रम सञ्चालन गर्दै आएको उहाँको भनाइ छ । वडामा विनियोजन हुने बजेटले सबै क्षेत्रलाई समेट्नुपर्ने भएकाले अन्य निकायसँग सहकार्य गरेर पनि किसानलाई प्रोत्साहन गर्दै आएको उहाँको भनाइ छ । “वडामा आउने बजेट थोरै हुन्छ”, उहाँले भन्नुभयो, “यसले सबैको भावना समेट्न गाह्रो हुन्छ । अन्य निकायसँग हारगुहार गररे पनि विभिन्न कार्यक्रम भित्र्याएर किसानलाई सहयोग गरिरहेका छौँ ।”

यहाँ क्षेत्र उत्पादनका लागि उपयुक्तभूमि रहेकाले कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको वडासदस्य नवीन श्रेष्ठले बताउनुभयो । कृषि उत्पादनमा जोड दिन माटो परीक्षण गरेर भूगोलअनुसारको बाली लगाउन किसानलाई प्रोत्साहन गरिएको उहाँको भनाइ छ । “हामी जनप्रतिनिधिले आफ्नो क्षेत्रको आवश्यकता पहिचान गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “वडाको आवश्यताका विषयमा छलफल गरेर बजेटको प्राथमिकीरण गर्दछौँ । यसले वडावासीको मन जित्न हामीलाई सजिलो भएको छ ।”

तरकारी खेतीको लागि प्लाष्टिक पोखरी, प्लाष्टिक टनेल वितरणसँगै उन्नत जातको बीउबिजन पाएपछि सहज भएको स्थानीय किसान महेन्द्र्र रसाइलीले बताउनुभयो । पानीको अभावमा खेती गर्न समस्या भए पनि वडाको सहयोगमा सामूहिक प्लाष्टिक पोखरी निर्माण भए पनि सिँचाइको समस्या नरहेको उहाँको भनाइ छ ।

सुक्खाग्रस्त क्षेत्र भए पनि प्लाष्टिक टनेलमा पानी जमाएर सिँचाइ गर्न सहज भएको किसान रसाइलीको भनाइ छ । “हामीलाई तरकारीसँगै नगदेबालीको लागि सिँचाइको समस्या छैन”, किसान रसाइलीले भन्नुभयो, “विगतमा सिँचाइका लागि पानी नहुँदा समस्या थियो । वडाको बजेटमा सामूहिक प्लाष्टिक टनेल निर्माण गरेका छौँ । त्यहीँबाट आवश्यकरूपमा सिँचाइ गछौँ ।” रासस