२८ मंसिर २०८२, आईतवार
,
Latest
एनपिएल: महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल साढे १२ अंकले घट्यो आजको शेयर बजार मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्काउटले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हात पारेको छ: पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल स्काउटले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हात पारिरहेको भन्दै प्रशंसा गर्नुभएको छ ।

मंगलवार नेपाल स्काउटको ७२ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

उहाँले नेपाल स्काउटले दक्षिण एशियामा स्काउटमा सबैभन्दा बढी सदस्यता लिनसक्नु साथै अन्तर्राष्ट्रिय स्काउटका कार्यक्रमहरु नेपालमा सञ्चालन गर्नुले पनि स्काउटले राम्रा काम गरिहेको प्रमाणित हुने बताउनु भयो । उहाँले कोरोना महामारीका बेलामा पनि स्काउटले खेलेको भुमिकाको प्रशंसा गर्नुभयो । उहाँले देशमा आइपर्ने प्राकृतिक एवं अन्य विपद्को समयमा विपद् व्यवस्थापन र प्रभावितहरुको उद्धार कार्यमा पनि नेपाल स्काउट सदैव अग्रमोर्चामा रहँदै आउनु राम्रो भएको भन्दै अझै यसलाई अघि बढाउँदै लैजानुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कोभिड १९ को महामारीमा पनि नेपाल स्काउटले उल्लेखनीय भुमिका खेलेको छ । नेपाल स्काउटले चिकित्सक परामर्श सेवा, जनचेतना अभियान, आइसोलेशन, क्वारेन्टिन निर्माणका साथै संक्रमितहरुको शवको व्यवस्थापन समेतमा गरेको सहयोगका लागि सम्पूर्ण स्काउटप्रति सम्मान व्यक्त गर्दछु । देशमा आइपर्ने प्राकृतिक एवं अन्य विपद्को समयमा विपद् व्यवस्थापन र प्रभावितहरुको उद्धार कार्यमा पनि नेपाल स्काउट सदैव अग्रमोर्चामा रहँदै आएको छ । सातै प्रदेशमा विपद् व्यवस्थापन टोली खटाइ स्काउट परिचालन भएको थाहा पाउँदा खुशी लागेको छ । लागुपदार्थ दुव्र्यसनबिरुद्धको अभियानमा युवा स्काउटलाई परिचालन गर्नेजस्ता कार्यले हाम्रो समाजमा कलंकको रुपमा रहेको लागुऔषधबाट युवाहरु टाढा राख्ने कुरामा विश्वस्त छु । पछिल्लो समय नेपाल स्काउटले अन्तर्राष्ट्रिय स्तरमा पनि उल्लेखनीय सफलता हात पारेको छ ।’

पूर्वराष्ट्रपति भण्डारीले नेपाल स्काउटले माजमा कलंकको रुपमा रहेको लागुऔषधबाट युवाहरु टाढा राख्ने कुरा, महिला हिंसाबिरुद्धका अभियान लगायत विभिन्न सामाजिक घटननाहरुमा साथ र सहयोग गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो ।