१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

घामजस्तै छर्लङ्ग घटनामा न्यायको भिख माग्नु दु:खको कुरा: प्रेम चलाउने



अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको धर्नालाई ऐक्यवद्धता जनाउन जिल्ला अदालत, काठमाडौं पुगेका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलवार ब्यानरसहित चलाउनेको धर्नामा ऐक्यवद्धता जनाउन जिल्ला अदालत काठमाडौं पुगेका केही व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आफूमाथि निर्घात कुटपिट गर्ने नेविसंघका कार्यकर्ताको मुद्दा फिर्ता लिने सरकारको निर्णयबिरुद्ध चलाउने सोमवार साँझदेखि धर्नामा बस्नुभएको छ । धर्नास्थलमा वैशाखी टेकेर पुग्नुभएका उहाँले घामजस्तै छर्लङ्ग घटनामा न्यायाको भिख माग्नु दु:खको कुरा भएको बताउनु भयो । उहाँले आफू पीडित हो की होइन भन्नेकुरा अदालतले भन्नुपर्ने बताउनु भयो ।

उहाँले अदालतले दिनलाई रात र रातलाई दिन बनाउन नहुने बताउनु भयो । उहाँले मुद्दा फिर्ता लिने कुरा आफूलाई नसोधीकन लिइएको बताउनु भयो । उहाँले सरकार अपराधीको पक्षपोषणमा लागेको र अपराधीहरुले राजनीतिकरण गरेको बताउनु भयो । उहाँले प्राध्यापकमाथि दिन दहाडै आक्रमण हुँदा न्यायको मजाक उडाइएको बताउनु भयो ।

उहाँले अपराधीले सञ्चारमाध्यममा गएर अभिव्यक्ति दिनुले नेपालमा न्याय मरेको अनुभुति भएको बताउनु भयो ।