८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

समाजवादी मोर्चा निर्माण प्रतिगामीहरुका लागि युद्धको घोषणा होः प्रधानमन्त्री दाहाल

समाजवादी मोर्चा निर्माण प्रतिगामीहरुका लागि युद्धको घोषणा होः प्रधानमन्त्री दाहाल
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादी मोर्चा राजनीतिक परिवर्तनका बिरुद्ध लाग्नेहरुका निम्ति युद्धको घोषणा भएको बताउनुभएको छ ।

सोमवार समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा(माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले मोर्चा घोषणा राजनीतिक परिवर्तनका बिरुद्ध लाग्नेहरुका लागि युद्धको घोषणा भएको बताउनुभएको हो । उहाँले परिवर्तनलाई होच्याउने, अपमानित गर्ने अराजक र प्रतिगामी प्रवृत्तिका मान्छेहरुले टाउको उठाउन खोजेका भन्दै समाजवादी मोर्चा तिनीहरु बिरुद्धको युद्ध भएको बताउनु भयो । मोर्चा जनताको पक्षमा, प्रगतिशिल र वामपन्थीहरुको पक्षमा भएको पनि उहाँदले बताउनु भयो । प्रधानमन्त्री दाहालले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान बनाउन भुमिका खेल्ने सबैलाई हातेमालो गर्न आग्रह समेत गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘कोही पनि अग्रगमनको पक्ष, प्रगतिशील पक्ष, वामपन्थी पक्ष, संघीय गणतन्त्रका पक्षधर हामी यो मोर्चाबाट बिल्कुल घबराउनुपर्ने आवश्यकता छैन बरु आउनुहोस् हात मिलाउँ । र यो देशलाई नयाँ बनाउने संकल्पका साथ अगाडी बढौँ । हामी परिवर्तनका पक्षधर विभिन्न संघर्ष र बलिदानबाट गुज्रिएका पार्टी र नेताहरुलाई, विचार र प्रवृत्तिलाई बदनाम गर्ने र यो परिवर्तन जो हजारौँ सहिदहरु र बेपत्ताहरु, क्रान्तिकारीहरुको त्याग, तपस्या र बलिदानबाट आएको परिवर्तनलाई होच्याउने, अपमानित गर्ने, ह्युमुलेट गर्न खोज्ने अराजक र प्रतिगामी प्रवृत्तिका केही मान्छेहरुले टाउको उठाउन खोजेकै छन् । के कुरा साँचो हो भने यो मोर्चा तिनका बिरुद्ध युद्धको घोषणा भने पक्कैपनि हो ।

यो मोर्चा सबैसँग बराबरीवाला मोर्चा होइन । ७०÷७५ वर्ष संघर्ष गरेर जेल, नेल, यातना, त्याग र बलिदानका किर्तिमान कायम गरेर स्थापित भएको जनताको अधिकार खोसेर फेरी त्यसलाई प्रतिगमनको, हिजोकै सामन्ती निरंकुशतातिर फर्काउन चाहानेहरुका बिरुद्ध एउटा नयाँ अभियान र युद्ध पक्कै पनि हो । तिनीहरुलाई चुनौति पक्कैपनि हो । हामीलाई सह्य छैन, जनताको त्यति लामो संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धि उल्ट्याउन खोज्ने र त्यसलाई निस्तेज पार्न खोज्ने प्रतिक्रान्तिकारीहरुका बिरुद्ध, प्रतिगमनकारीहरुका बिरुद्ध देशलाई फेरि अध्याँरोतिर । २५० सामन्ती राजतन्त्रले देशलाई कहाँ पुर्यायो । हामी त्यही फोहोरको डंगुर सोहोर्नुपर्ने बाध्यतामा अहिलेपनि छौँ । तिनका विरुद्ध पक्कैपनि समाजवादी मोर्चा नेपाल हो ।

बाँकी जनताको पक्षमा, प्रगतिशिल र वामपन्थीको पक्षमा उनीहरुलाई एकतावद्ध गर्ने यो अभियान हो । त्यसकारण म १२ बुँदे समझदारी, बिस्तृत शान्ति सम्झौताका पक्षधर, संविधान बनाउन भुमिका खेलेका शक्तिहरुलाई आउनुहोस् हातेमालो गरौँ । र यो देशलाई फेरी अराजकताको, निरंकुशताको, सामन्तवादको अध्याँरोतिर लान चाहाने विचार, प्रवृत्ति र शक्तिका बिरुद्ध संघर्षको मैदानमा अगाडी बढौँ भन्न चाहन्छु ।’ प्रधानमन्त्री दाहालले नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व गरेका नेत्रविक्रम चन्द मोर्चामा सामेल हुनु गुणात्मक र क्रान्तिकारी महत्व भएको बताउनु भयो ।

उहाँले विप्लव समाजवादी मोर्चामा सामेल हुँदा संसदीय राजनीतिमा सामेल भएका आफुहरुमा लागेको धुलोमैलो सफा गर्न मद्दत पुग्ने बताउनु भयो । उहाँले भन्नुभयो – ‘एउटा राम्रो पक्ष के भएको छ भने कमरेड विप्लवले नेतृत्व गरेको नेकपा पनि यो मोर्चामा सामेल भएको छ र यसको गुणात्मक र क्रान्तिकारी महत्व छ । हामी संसदीय राजनीतिमा अलि बढी लागेकामा केही धुलोमैलो जम्मा भएको छ । सायद कमरेड विप्लवजस्ता पार्टीहरु यहाँ मोर्चामा आउँदा हाम्रो धुलोमैलो सफा गर्न पनि मद्दत हुन्छ भन्ने मलाइ लाग्छ । त्यस अर्थमा आजको यो मोर्चा गठन र घोषणाको दुरगामी महत्व छ भन्ने म ठान्छु । यो क्षणिक र आवेगमा गरिएको छैन । धेरै ठुलो संघर्ष, त्याग, दुःख, कष्ट, गल्ती कमजोरी ति सबैबाट पाठ सिक्दै फेरी इतिहासमा अग्रगमनको पक्षमा, प्रतिगमनका बिरुद्ध एउटा नयाँ आन्दोलन शुरु गर्ने संकल्पको साथ, प्रतिवद्धताको साथ यो गठन भएको छ ।’

उहाँले नेता, कार्यकर्ताहरुको उत्साहले समाजवादी मोर्चाको औचित्य स्थापित भइसकेको बताउनु भयो । उहाँले समाजवादी मोर्चालाई अभियानको रुपमा लैजाने बताउनु भयो । उहाँले आफूहरु सडकमा समेत जाने बताउनु भयो ।