• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

कसैसँग मुकाबिला गर्नका लागि समाजवादी मोर्चा निर्माण गरिएको होइनः माधव नेपाल



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कसैसँग मुकाविला गर्नका लागि समाजवादी मोर्चा निर्माण नगरिएको बताउनु भएको छ ।

काँग्रेसलाई तर्साउन र एमालेसँग मुकाविला गर्नका लागि मोर्चा बनाउन लागिएको टिप्पणी एमाले अध्यक्ष केपी ओलीले गरेको स्मरण गराउँदै उहाँले यस्तो भनाई राख्नु भएको हो । सोमबार काठमाडौंमा आयोजित ‘समाजवादी मोर्चा, नेपाल’ घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले प्रतिगमनका विरुद्धमा भने मोर्चाले डटेर सामना गर्ने बताउनु भयो । मोर्चा कसैलाई तर्साउन र मुकाविला गर्नका लागि नभएको नेपालको भनाई थियो । उहाँले प्रतिगमनमा पक्षमा नभएकाहरु मोर्चासँग डराउन सक्ने जिकीर समेत गर्नु भयो । अध्यक्ष नेपालले भन्नु भयो, ‘यो मोर्चा स्वार्थको मोर्चा होइन ।

यो मोर्चा सिद्धान्तहिन मोर्चा होइन । यो मोर्चा विचारहिन मोर्चा होइन । यसको प्रष्ट उद्देश्य छ । त्यो उद्देश्य भनेको के हो भने प्रतिगमनका विरुद्धमा र यथास्थितिको विरुद्धमा परिवर्तनका लागि एकतावद्ध हुने सम्पूर्ण देशभक्तहरु र समाजवादी शक्तिहरुलाई हामी एकतावद्ध बनाएर लैजान चाहन्छौं । त्यसो हुनाले हामीले प्रष्ट के हुनुपर्छ भने कि हामी देशभक्त शक्तिहरुलाई हातेमालो गर्दै अघि बढाएर लैजान चाहन्छौं । हामी परिवर्तनकामी शक्तिहरुलाई एकतावद्ध बनाएर लैजान चाहन्छौं । हामी ती सबै शक्तिहरु, जो नेपाललाई समाजवादतर्फ लैजान चाहन्छन । समाजवादी नेपालको निर्माण गर्न चाहन्छन । उनीहरुलाई सँगसँगै हातेमालो गर्दै अघि बढाएर लैजान चाहन्छौं । हामीमा कुनै किसिमको संकीर्णता छैन । हामीमा कुनै किसिमको आग्रह पनि छैन । मैले सुनिरहेको छु–केहीकेही नेताहरुलाई परेको रहेछ कि यो मोर्चा अहिले बनेको छ । त्यसको पछाडि दुईटा कुरा होला ।

कसैलाई तर्साउन र कसैको मुकाविला गर्न । यो कसैलाई तर्साउन पनि गरेको होइन । कसैको मुकाविला गर्नका लागि पनि होइन । यो सबै सकारात्मक शक्तिहरुलाई एकतावद्ध गर्नका लागि हामीले यो मोर्चा बनाएका छौं । हामीले पोजेटिभ थिंकिंङ राखेर समाजवाद बनाउनका लागि र समाजवादी शक्तिको जनतामा रहेको प्रभावलाई विस्तार गर्नका लागि, समाजवाद निर्माणको वातावरण तयार गर्नका लागि, सुशासनलाई सुनिश्चित गर्नका लागि, समाजमा भएका, राजनीतिमा भएका जतिपनि विकृति, विसंगतिहरु छन । ती सबैलाई अन्त्य गर्नका लागि हामी एकतावद्ध भएर अघि बढन चाहन्छौं ।

यस अर्थमा कुनै पार्टीलाई घुक्र्याउन हामीले खोजेका होइनौं । कसैलाई दवाव दिन चाहेका पनि होइनौं । कसैलाई तर्साउन पनि चाहेका होइनौं । नतर्सिनुस् । ढुक्क हुनुस् । तिनै तर्सिन्छन, जो प्रगतिको पक्षमा छैनन् । तिनै तर्सिन्छन, जो अग्रगमनको पक्षमा छैनन् । तिनै तर्सिन्छन, जो समाजलाई आमूल परिवर्तन गर्नुपर्छ भन्ने मान्यताको पक्षमा छैनन् । अरु सबै आनन्दले निदाए हुन्छ, सुते हुन्छ । ढुक्कसँग बसे हुन्छ । किनभने हामीले यो मोर्चामा केही नयाँपन पनि छ । यो पहिलो पटक मोर्चा बनेको छैन । तपाईलाई याद होस् ।’

अध्यक्ष नेपालले अग्रगमनका पक्षधर सबै शक्तिहरुलाई मोर्चामा आवद्ध हुन पनि आह्वान गर्नु भयो । सत्तापक्ष र सत्ता बाहिर रहेका दल सहभागी रहेको मोर्चाले सबै शक्तिहरुलाई समेटने सामथ्र्य राखेको पनि उहाँले बताउनु भयो । अध्यक्ष नेपालले देशभक्त र क्रान्तिकारी शक्तिहरुसँग हातेमालो गर्दै अघि बढाउने योजना मोर्चासँग रहेको समेत बताउनु भयो । उहाँले भन्नु भयो, ‘अहिले तपाईहरुलाई अघि अप्ठ्यारो पनि लाग्ला । सत्तामा बस्ने पार्टीहरु पनि यही छन । सत्ता बाहिर बस्ने पार्टीहरु पनि यहीँ छन ।

यही हो यसको विशेषता । यसको नयाँपन यही हो । नभए यसले सबै शक्तिलाई समेटन सक्ने थिएन । त्यसो हुनाले कमरेड विप्लवलाई मात्रै होइन, अरु समूह पनि छुटनु भएको छ भने उहाँहरुलाई पनि हामी हार्दिक स्वागत गर्न चाहन्छौं–आउनुस् हातेमालो गरौं । नआत्तिनोस् । नतर्सिनुहोस् । हामी तर्साउन चाहदैनौं । घुक्र्याउन पनि चाहदैनौं । र, हामीलाई मुकाविला पनि गर्नु छैन । हामी मुकाविला गर्न चाहन्छौं कि कोही प्रतिगमनका लागि उत्रन चाहन्छ भने । प्रतिगमनको पक्षमा कोही लाग्न चाहन्छ भने । परिवर्तनको विपक्षमा कोही उभिन चाहन्छन भने हामी मुकाविला गर्न चाहन्छौं । यस अर्थमा हामो मुकाविला जहिले पनि प्रतिगामी कुराको विरुद्धमा हुनेछ । हाम्रो जहिले पनि साथ अग्रगमनको पक्षमा हुनेछ । यसैकारण अग्रगमनका पक्षधर हामी शक्तिहरु एक भएर उभिएका छौं । ’

अध्यक्ष नेपालले समाजवादी शक्तिमा रहेका जनताको प्रभावलाई विस्तार गर्न पनि आफूहरुले सो मोर्चा निर्माण गरेर अघि बढने निर्णय लिएको बताउनु भयो ।