• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   सिरहाको राजदेवी मन्दिरमा वैशाखी मेला ★   सन्दीप टिममा जोडिने भएपछि टिमको आत्मविश्वास बढेको छ: पारस खड्का (अन्तरवार्ता) ★   लेबीको विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टीमा अर्को लफडा ! ★   उभौली पर्वले राष्ट्रिय एकतामा सहयोग पुर्‍याउँछ : पूर्वराष्ट्रपति भण्डारी ★   शान्ति र अहिंसासम्बन्धी दर्शनको सान्दर्भिकता बढ्दो : पूर्वराष्ट्रपति भण्डारी ★   सहकारी ठगीमा संसदीय समितिको क्षेत्राधिकार टुंग्याउन आज कार्यदल बैठक बस्दै ★   लिभरकुसेनलाई हराउँदै एटलान्टाले जित्यो युरोपा लिगको उपाधि, लुकम्यानको ह्याट्रिक ★   बुद्ध धर्मको भ्रातृत्वको भावनालाई आत्मसात् गर्दै एकजुट हुन आवश्यक : उपराष्ट्रपति ★   शान्तिका अग्रदूत गौतमबुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय : प्रधानमन्त्री ★   उभौली आपसी सद्भाव र एकता सुदृढ बनाउने माध्यम : राष्ट्रपति

यो देश बनाउन सकिन्छः विश्वप्रकाश शर्मा



file

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अग्ला अग्ला टावरहरु छन्, ठूला ठूला एयरपोर्टहरुले देश समुन्नत नबन्ने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा भएको ट्रेड युनियन काँग्रेसको ७ औंँ महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश समुन्नत छ की छैन भनेर मापन गर्नेकुरा भनेको देशमा बाँचिरहेको श्रमीकले सास फर्ने अवस्था छ की भन्ने कुरालाई हेर्न आवश्यक रहेको बताउनु भयो । उहाँले श्रमीकले जीवन यापन सहज रुपमा गर्न नसकेसम्म देश समुन्नत हुन नसक्ने बताउनु भयो । उहाँले काँग्रेस संस्थापक नेता बिपी कोईरालाले श्रमीकको हक हीतका लागि १५ वर्षे खाका बनाएपनि काम गर्ने समय नपाएको र अहिलेका नेताहरुले समय पाएपनि काम गर्ने योजना बनाउन नसकेको बताउनु भयो ।

उहाँले यो देशलाई बनाउन सक्ने योजना र कार्यक्रम काँग्रेसले बनाइरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘कुनैपनि देश समुन्नत छ की छैन भन्नेकुराको पनि निश्चित मापदण्ड छ । त्यो भनेको सामान्यतया समुन्नत छ भन्दै गर्दा अग्ला अग्ला टावरहरु छन्, ठूला ठूला एयरपोर्टहरु छन्, भव्यभव्य महलहरु छन्, हाइवेहरु छन् एक हिसावले त्यो देशको समुन्नति भन्दा चित्र यो आउला ।

यो जरुरत त छ तर वास्तविक समुन्नतिको मापदण्ड त्यो होइन । त्यो देशमा बाँचिरहेको श्रमीकले सास फर्ने अवस्था छ की छैन, उसले जीवन निर्वाह गर्ने सहज वातावरण छ की छैन ? भन्नेकुराबाट मात्रै त्यो देशको समुन्नति मापन गर्न सकिन्छ । त्यसैले नै होला जननेता बिपी कोईरालाले आफू प्रधानमन्त्री भएको बेला जनतालाई केन्द्रमा राख्नुभयो र १५ वर्षको समुन्नतिको खाका बनाउनु भयो । बिपी कोईरालासँग सपना थियो, समय थिएन । हामीसँग समय छ त्यस किसिमको सपना छैन । हामीसँग व्यवस्थित सपना भएन । यो देशमा धरै कुरा भएको छ, गर्न धेरै बाँकी छ, यो देश बनाउन सकिन्छ र सतीको सराप भएको होइन, भगवान गौतमबुद्धको आशिर्वाद प्राप्त देश हो ।’

महामन्त्री शर्माले देशमा केही पनि भएको छैन भनेर निराश हुन नपर्ने बताउनु भयो ।