• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   कमेडी च्याम्पियन सिजन-३ का विजेता बने सुनिल खड्का ★   उत्पादत्व वृद्धिका निम्ति परम्परागत पद्धति परित्याग गर्न मन्त्री चौधरीको सुझाव ★   बैङ्कर्स भण्डारीको ‘आफैँलाई नियाल्दा’ कृति विमोचन ★   के कोहलीले फाइनलका लागि रन बचाएर राखेका हुन् ? ★   भारत र दक्षिण अफ्रिकाबीचको फाइनलमा पानी पर्ने सम्भावना, आज खेल नभए के हुन्छ ? ★   वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री ★   एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दै राजेश हमाल- फोटो फिचर ★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर  ★   युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै

समाजवादी मोर्चा सत्ता टिकाउने मोर्चा मात्रै नबनोस्ः पूर्वप्रधानमन्त्री खनाल



fille

काठमाडौँ । पूर्वप्रधानमन्त्री नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चालाई सत्ता टिकाउने मोर्चा मात्र नबनाउन नेताहरुलाई आग्रह गर्नुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले समाजवादी मोर्चा केवल सत्ता टिकाउने मोर्चा मात्रै नबनाउन नेताहरुलाई आग्रह गर्नुभएको हो । उहाँले देशभरका वामपन्थी, समाजवादी र क्रान्तिकारीहरुलाई एकतावद्ध नगरेसम्म देशमा सही विकल्प निर्माण हुन नसक्ने बताउनु भयो । उहाँले यो समाजवादी मोर्चालाई अझ बिस्तार गर्नु आवश्यक रहेको बताउनु भयो । आज बनेको मोर्चा, मोर्चा निर्माणको पहिलो पाइला मात्रै भएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘अहिले जुन प्रकारको यो मोर्चा बनेको छ । मलाई लाग्छ यो मोर्चाको निर्माण पहिलो पाइला हो । यो पहिलो पाइला मात्रै हो । सिंगो देशका समस्त देशभक्तहरुलाई, समस्त वामपन्थीहरुलाई, समस्त समाजवादीहरुलाई, समस्त क्रान्तिकारीहरुलाई हामीले एकतावद्ध नगरेसम्म हाम्रो देशमा सही विकल्प निर्माण हुन सक्दैन । त्यसो हुनाले हामीले यो मोर्चालाई अझै व्यापक बनाउनुपर्ने आवश्यकता छ । अझ बिस्तार गर्नुपर्ने आवश्यकता छ ।

म चारै दलका नेताहरुलाई आग्रह गर्न चाहन्छु कि, यो मोर्चा खालि सत्तालाई टिकाउने मोर्चा मात्रै नबनोस् । यो मोर्चा साँचो अर्थमा आमुल परिवर्तनको मोर्चा बनोस् । यो मोर्चा सम्पूर्ण वामपन्थीहरुलाई एकतावद्ध गर्ने मोर्चा बनोस् । यसरी मात्रै हामी यो देशको भविष्यलाई उज्यालो बनाउन सक्छौँ । देशको भविष्यलाई उज्यालो बनाउने भनेको समाजवादी लोकतन्त्र समाजवादी गणतन्त्रमा पुगेर मात्रै हो । हाम्रो लक्ष्य समाजवादी गणतन्त्र हो । समाजवादी गणतन्त्रमा नपुगेसम्म आजको जुन शोषण, दमन, अन्याय, अत्याचार समाप्त हुँदैनन् । यसकारण यिनलाई समाप्त गर्ने हो भने एकमात्र विकल्प समाजवाद हो ।’

उहाँले देशको भविष्यलाई उज्यालो बनाउनका लागि आफुहरुको लक्ष्य समाजवादी गणतन्त्र भएको बताउनु भयो । उहाँले देशमा भएका शोषण, दमन, अन्याय र अत्याचार समाप्त गर्ने एकमात्र विकल्प समाजवाद भएकाले आफूहरु त्यसप्रति प्रतिवद्ध रहेको बताउनु भयो ।