८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

समाजवादी मोर्चा सत्ता टिकाउने मोर्चा मात्रै नबनोस्ः पूर्वप्रधानमन्त्री खनाल

समाजवादी मोर्चा सत्ता टिकाउने मोर्चा मात्रै नबनोस्ः पूर्वप्रधानमन्त्री खनाल
fille
अ अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चालाई सत्ता टिकाउने मोर्चा मात्र नबनाउन नेताहरुलाई आग्रह गर्नुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले समाजवादी मोर्चा केवल सत्ता टिकाउने मोर्चा मात्रै नबनाउन नेताहरुलाई आग्रह गर्नुभएको हो । उहाँले देशभरका वामपन्थी, समाजवादी र क्रान्तिकारीहरुलाई एकतावद्ध नगरेसम्म देशमा सही विकल्प निर्माण हुन नसक्ने बताउनु भयो । उहाँले यो समाजवादी मोर्चालाई अझ बिस्तार गर्नु आवश्यक रहेको बताउनु भयो । आज बनेको मोर्चा, मोर्चा निर्माणको पहिलो पाइला मात्रै भएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘अहिले जुन प्रकारको यो मोर्चा बनेको छ । मलाई लाग्छ यो मोर्चाको निर्माण पहिलो पाइला हो । यो पहिलो पाइला मात्रै हो । सिंगो देशका समस्त देशभक्तहरुलाई, समस्त वामपन्थीहरुलाई, समस्त समाजवादीहरुलाई, समस्त क्रान्तिकारीहरुलाई हामीले एकतावद्ध नगरेसम्म हाम्रो देशमा सही विकल्प निर्माण हुन सक्दैन । त्यसो हुनाले हामीले यो मोर्चालाई अझै व्यापक बनाउनुपर्ने आवश्यकता छ । अझ बिस्तार गर्नुपर्ने आवश्यकता छ ।

म चारै दलका नेताहरुलाई आग्रह गर्न चाहन्छु कि, यो मोर्चा खालि सत्तालाई टिकाउने मोर्चा मात्रै नबनोस् । यो मोर्चा साँचो अर्थमा आमुल परिवर्तनको मोर्चा बनोस् । यो मोर्चा सम्पूर्ण वामपन्थीहरुलाई एकतावद्ध गर्ने मोर्चा बनोस् । यसरी मात्रै हामी यो देशको भविष्यलाई उज्यालो बनाउन सक्छौँ । देशको भविष्यलाई उज्यालो बनाउने भनेको समाजवादी लोकतन्त्र समाजवादी गणतन्त्रमा पुगेर मात्रै हो । हाम्रो लक्ष्य समाजवादी गणतन्त्र हो । समाजवादी गणतन्त्रमा नपुगेसम्म आजको जुन शोषण, दमन, अन्याय, अत्याचार समाप्त हुँदैनन् । यसकारण यिनलाई समाप्त गर्ने हो भने एकमात्र विकल्प समाजवाद हो ।’

उहाँले देशको भविष्यलाई उज्यालो बनाउनका लागि आफुहरुको लक्ष्य समाजवादी गणतन्त्र भएको बताउनु भयो । उहाँले देशमा भएका शोषण, दमन, अन्याय र अत्याचार समाप्त गर्ने एकमात्र विकल्प समाजवाद भएकाले आफूहरु त्यसप्रति प्रतिवद्ध रहेको बताउनु भयो ।