८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

ओलीले समाजवादी मोर्चाबाट तर्सिनु पर्दैनः उपेन्द्र यादव

ओलीले समाजवादी मोर्चाबाट तर्सिनु पर्दैनः उपेन्द्र यादव
file photo
अ अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी ओलीलाई समाजवादी मोर्चादेखि नतर्सिन आग्रह गर्नु भएको छ ।

ओलीप्रति संकेत गर्दै उहाँले केही दिनदेखि मिडियामा बरबराउन थालेको भन्दै मोर्चासँग तर्सिन नपर्ने बताउनु भएको हो । सोमबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित ‘समाजवादी मोर्चा, नेपाल’ घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष यादवले मोर्चा कसैका विरुद्ध लक्षित नरहेको पटकपटक दोहो¥याउनु भयो । परिवर्तनका मुद्दालाई अगाडि बढाउने, राष्ट्र निर्माणलाई अगाडि बढाउने र मुलुकमा देखा परेका समस्यालाई हल गर्दै अगाडि बढनका लागि मोर्चा गठन गरिएको उहाँको तर्क थियो ।

अध्यक्ष यादवले प्रतिगमनका पक्षधर, संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध उभिनेहरुका विरुद्धमा भने मोर्चाले संघर्ष गर्ने चेतावनी समेत दिनु भयो । उहाँले चाहन्छौं । उहाँले समानता, सामाजिक न्याय र समतामा आधारित एउटा समाजवादी समाजको निर्माण गर्ने दिशातर्फ अगाडि बढनका लागि नै मोर्चा गठन गरिएको र त्यसमा सफलता हात पार्ने दावी समेत गर्नुभयो । अध्यक्ष यादवले भन्नु भयो, ‘राजनीतिक अस्थिरता र अन्यौलतालाई अन्त्य गरी मुलुकलाई सुशासन, विकास र समृद्धिको बाटो हुँदै जातीय, वर्गीय, लैगिक, क्षेत्रीय आदिको आधारमा भईरहेका विभेद र असमानतालाई अन्त्य गर्दै एउटा समानता, सामाजिक न्याय र समतामा आधारित एउटा समाजवादी समाजको निर्माण गर्ने दिशातर्फ अगाडि बढनका लागि नै यो मोर्चा गठन भएको हो । हामीले मुलुकमा राजनीतिक लोकतन्त्रको साथसाथै यो लोकतन्त्रलाई समावेशी लोकतन्त्रमा रुपान्तरण गर्दै लोकतन्त्र वास्तवमा सामाजिक पनि हुुनुपर्छ ।

आर्थिक पनि हुनु पर्दछ । र, सामाजिक न्यायसहितको संघीय लोकतान्त्रिक प्रणालीलाई विकसित गर्दै समाजको ध्येय प्राप्त गर्ने उद्देश्यको लागि अगाढि बढनका लागि यो मोर्चाको गठन गरिएको हो । र, यसै दिशामा अव हामी चार दल मिलेर यी साझा कुराहरुमा हामी अगाडि बढने । सबै दलका आ–आफ्ना विचार, दृष्टिकोणहरु छन । ती दृष्टिकोणहर आ–आफ्ना रहिरहन्छन । तर, साझा मुद्दालाई लिएर अगाडि बढने यो प्रतिवद्धताका साथ निर्माण भएको मोर्चाले भविष्यमा सफलता पाउने कुरामा ढुक्क पार्न, निश्चित हुन हामीले भूमिका खेल्नु पर्दछ । हुन त यहाँ मोर्चा, गठबन्धन बन्दै, भत्किदै गएकाले मान्छेलाई अलिकति क्या हो, कसो हो ? भन्ने लागेको पनि हुन सक्दछ । त्यो आशंका हुन पनि सक्छ । त्यसलाई हामीले व्यवहारबाट गलत सावित गर्दै यो मोर्चा निश्चित उद्देश्यका लागि निर्माण गरिएको मोर्चा हो । र, यसलाई सबैले सहयोग गर्नु हुनेछ । र, यसले आफ्नो लक्ष्यतर्फ अगाडि बढने कुरामा मत ढुक्क छु ।

हाम्रो प्रयास रहनेछ । र, यो गठबन्धनले, मोर्चाले गर्दा कसैलाई तर्सिनुपर्ने जरुरी छैन । हामी परिवर्तनका मुद्दालाई अगाडि बढाउने, राष्ट्र निर्माणलाई अगाडि बढाउने र मुलुकमा देखा परेका समस्यालाई हल गर्दै अगाढि बढन चाहन्छौं । यो कसैको विरुद्धमा लक्षित छैन । त्यसकारणले कोही नतर्सिए हुन्छ । धेरै मान्छेहरु अहिलेनै केही साथीहरु यसो घोषणा हुनु भन्दा अगाडि नै बरबराउन थाल्नु भएको थियो । मिडियाहरु बरबराएको पढन, सुन्न पाईयो । त्यस्तो नबर्बराउँदा हुन्छ । हामी देशको जनताको हितका लागि, मुलुकको अग्रगामी परिवर्तनका लागि सहकार्य, परस्पर सहयोगको आधारमा अगाडि बढछौं । तर, प्रतिगमनकारी शक्तिहरु, जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई, विगतका आन्दोलनका संघर्ष र बलिदानलाई समाप्त पार्ने खेल खेलेका छन । निश्चित रुपमा तिनको विरुद्धमा यो मोर्चा उभिनेछ । आवश्यक परे संघर्ष पनि गर्नेछ ।’

अध्यक्ष यादवले आफ्नै देशका नागरिकलाई नागरिकताबाट बञ्चित गराउने प्रयास भएको भन्दै त्यसका विरुद्ध संघर्ष गर्न पनि सबैलाई तयार रहन आग्रह गर्नु भयो । उहाँले संविधानमा रहेका त्रुटी, कमीकमजोरीलाई सच्याउँदै लैजाने काममा पनि मोर्चाले काम गर्ने बताउनु भयो । राष्ट्रको हित, जनताको हित गर्ने समाजवादी मोर्चाको ध्येय रहेको पनि अध्यक्ष यादवले दावी गर्नु भयो । उहाँले भन्नु भयो, ‘आज राष्ट्रको हितका लागि, परिवर्तनका लागि साझा मुद्दाहरुमा सहमत भएर जुन यहाँ अवधारणा पत्र पढेर सुनाईयो । त्यसमा सहमत भएर समाजवादी मोर्चाको गठन भएको छ । यसको प्रमुख रुपले खास गरिकन जनआन्दोलन, सशष्त्र जनयुद्ध, मधेश जनविद्रोह लगायतका विभिन्न आन्दोलनको परिणाम नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र हुन पुग्यो । र, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपनि आज नेपालका उपेक्षित, शोषित, पीडित जनताले अझै पनि त्यो परिवर्तनलाई अनुभूति गर्न पाएको अवस्था छैन ।

राजनीतिक रुपमा हामीले शासन प्रणाली बदल्यौं । तर शासन प्रणाली बदलिए पनि शासन शैली र मानसिकता अहिले पनि पूरानै अवशेषहरु बाँकि रहेका छन । त्यसकारण हाम्रो मोर्चाको महत्वपूर्ण भूमिका भनेको प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, संघीयता, गणतन्त्र, समावेशीता, धर्म निरपेक्षता, मौलिक हक, नागरिक स्वतन्त्रताजस्ता केही महत्वपूर्ण उपलब्धिहरु हामीले प्राप्त गरेका छौं । त्यो नै आज विभिन्न क्षेत्रबाट एउटा साँच्चै भन्ने हो भने प्रतिगमनकारी शक्तिहरु र तिनका मतियारहरुबाट यसलाई धरापमा पार्ने, समाप्त पार्ने र पुरानैतर्फ प्रयास जुन गरिएको छ । त्यो प्रयासलाई असफल पार्दै प्राप्त उपलब्धिलाई संस्थागत गर्ने र धेरै राजनीतिक परिवर्तनहरु, उपलब्धिहरु हासिल गर्न बाँकि रहेको छ ।

ती उपलब्धिहरुलाई हासिल गर्न जनसंघर्षको माध्यमबाट, संसदको माध्यमबाट, विभिन्न माध्यमबाट प्राप्त गर्ने र खासगरी हामी यो कुरामा सहमत भएका छौं कि वर्तमान संविधानले सबै यो संविधानको ओनर्सिप लिन सक्ने अवस्था नरहेको हुँदा यसमा रहेका कमी कमजोरीहरु, विकृतिहरु, विसंगतिहरुलाई संशोधन, परिमार्जनको माध्यामबाट सच्याउँदै र बाँकि उपलब्धिहरुलाई संस्थागत गर्दै अगाडि बढने हाम्रो ध्येय रहेको छ । यो सँगसँगै आज यो मुलुकमा आर्थिक रुपमा अत्यन्त पछाडि परिरहेका छौं । हामीभन्दा धेरै मुलुकहरु पछाडि थिए । तर ती धेरै अगाडि बढिसके । अहिले एशीयामा हामीले तुलना गर्ने हो भने एउटा अफागानिस्तानलाई देखाएर सन्तोष गरेर हुनेवाला छैन । त्यसकारणले आर्थिक रुपमा खासगरिकन अव राजनीतिक अधिकार प्राप्तीका साथसाथै आर्थिक विकास, आर्थिक क्रान्तिलाई अगाडि बढाउनु परेको छ ।

जसमा विकास, आर्थिक समृद्धिको बाटो हुँदै कृषि, उद्योग, पर्यटन, जलस्रोत, यातायातलगायतका क्षेत्रहरुलाई विकास गर्दै सबै जनतालाई शिक्षा, स्वास्थ्य र सुरक्षाको प्रत्याभूति गराउँदै अगाडि बढनुपर्ने र परिवर्तनलाई अझै अगाडि बढाउन आवश्यक रहेको छ । तर मुलुकमा एकथरीका शक्तिहरु अहिलेको अवस्थाबाट पनि पछाडि धकेल्ने पर एकथरीका शक्तिहरु यही नै सव थोक हो । अव यहाँ धेरै अगाडि आईसक्यो । अव कहाँ घिसारेर लैजाने भनेर यथास्थितिबाट शक्तिहरु क्रियाशील रहेको अवस्थामा एउटा प्रगतिशील शक्ति, क्रान्तिकारी शक्ति, जसले परिवर्तनलाई अगाडि बढाउन सकोस्, संस्थागत गर्न सकोस्, ती शक्तिहरुको मोर्चावद्ध भएर अगाडि बढने प्रयासको स्वरुप यो मोर्चा निर्माण गरिएको हो ।

यसको साथसाथै अहिले पनि राजनीतिक रुपले धेरै कार्यहरु गर्न बाँकि छ । धेरै विगतमा गरिएका गल्ती, कमीकमजारीहरुलाई सच्याउँदै परिवर्तनलाई अगाडि बढाउँदै अगाडि बढनु परेको छ । त्योसँगसँगै आज पनि नेपालमा मधेशी समूदाय, मधेशी नभनिदिनुहोला । आदिवासी, जनजाति, दलित, महिला, मुस्लिम, थारु, पिछडावर्ग, लोपोन्मुख जातजातिहरु यी लगायतका समूदायहरु आज पनि उनीहरुको पहिचान, उनीहरुको भाषा, संस्कृतिको विकास, उनीहरुको राजनीतिक प्रक्रियामा, प्रशासनिक प्रक्रियामा पहुँच, प्रतिनिधित्व र भागेदारीबाट बञ्चित रहेका छन । यतिसम्म आधुनिक युगमा पनि यहाँले हेर्नु भएको छ । नागरिकताबाट आफ्नै देशका नागरिकका सन्तानहरु बञ्चित छन ।

आफ्नै देशका नागरिकका सन्तानलाई नागरिकताबाट बञ्चित गराउने देश कुन हो ? कसैले हाजिर जवाफमा सोध्यो भने नेपाल भन्नुपर्ने स्थिति छ । पार्लियामेन्टले दुई दुई पटक पारित गरिसकेको राष्ट्रपतिले प्रमाणिकरण गर्दा, आफ्नो नागरिकका सन्तानलाई नागरिकता दिँदा कसैले टाउको दुखाउन नपर्ने हो । तर पुरानो माईनसेटका कारणले नागरिकता दिनबाट अवरोध खडा गर्न खोजिदैछ । आउने दिनमा आफ्नो देशका नागरिक र नागरिकका जनतालाई गैर नागरिक बनाउने कार्यको जनस्तरबाटै विरोध, जनस्तरबाटै यस्ता विकृति मानसिकताको विरोध गर्ने परिस्थिति आउन सक्दछ । त्यसैगरी मुलुकको सामाजिक क्षेत्रमा हेर्ने हो भने, सांस्कृतिक क्षेत्रमा हेर्ने हो भने पछौटेपन, रुढीबादिता, अन्धविश्वासमा आधारित समाज रहेको छ । त्यसमा परिवर्तन सामाजिक परिवर्तन, आर्थिक परिवर्तन, राजनीतिक परिवर्तन । यी सँगसँगै चल्ने प्रक्रिया हुन । र, त्यसलाई सँगसँगै अगाडि बढाउन आजको आवश्यक्ता छ ।’

अध्यक्ष यादवले सबै समूदायका जनतालाई परिवर्तनको अनुभूति गराउन लागि सामूहिक प्रयास गर्न पनि समाजवादी मोर्चा उपयोगी हुने बताउनु भयो ।