काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध भ्रष्टाचार गरेको अरोपमा मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजभण्डारीको ३ करोड ५६ लाख ७७ हजार ३४६ रुपैयाँ १७ पैसा सम्पत्तिको स्रोत नखुलेको ठहर गर्दै विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारको आरोपपत्रमा राजभण्डारीको सरकारी सेवामा २०५१ सालमा प्रवेश गरेदेखि २०७९ सालमा अवकाश प्राप्त गर्दासम्म वैधानिक स्रोत ३ करोड ८५ लाख ५१ हजार ७४० कमाएको उल्लेख छ । तर, उनको सात करोडभन्दा बढीको सम्पत्ति देखिएको अख्तियारको दाबी छ ।










