१४ भाद्र २०८३, आईतवार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा गृहबाट समाजवादी मोर्चा औपचारिक रूपमा घोषणा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभागृहबाट सोमबार समाजवादी मोर्चा नेपालको औपचारिक रूपमा घोषणा गरिएको छ ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले समझदारीपत्रमा हस्ताक्षर गरेसँगै मोर्चाको औपचारिक रूपमा घोषणा गरिएको हो ।

घोषणासभामा समझदारीपत्रमा हस्ताक्षर हुँदै गर्दा सहभागी नेता तथा कार्यकर्ताले मोर्चाको पक्षमा चर्को हुटिङ गरेका थिए । मोर्चामा माओवादि केन्द्रसहित नेकपा एस, जसपा नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सहभागी भएका छन् ।

समाजवादी मोर्चाले विभिन्न आन्दोलनका क्रममा लगाइएका मुद्दा खारेजीका लागि पहल गर्ने बताइएको छ । वित्तीय एकाधिकार तथा दलाल पुँजीवादको शोषण र हस्तक्षेपबाट मुक्ता तथा सार्वजनिक, सहकारी एवं निजी क्षेत्रको समन्वयात्मक, सहकार्यात्मक र क्रियाशिल भूमिकाका आधारमा समाजवादी अर्थ राजनीीतक व्यवस्था अवलम्बन गर्ने प्रतिबद्धतामा उल्लेख छ ।

आन्तरिक र बाह्य लगानीमैत्री वातावरण निर्माण गरी देशलाई औद्योगिकीकरण गर्ने, वैदेशिक रोजगारीबाट पुँजी र प्रविधिसहित फर्केका नेपालीलाई देशभित्र राजगारमूलक व्यवसाय गर्न प्रोत्साहित गर्ने प्रतिबद्धतामा उल्लेख गरिएको जनाइएको छ ।