१९ आश्विन २०८१, शनिबार
,
Latest
‘सिन्धुपाल्चोकका विपद् प्रभावित अन्य पालिकालाई पनि सङ्कटग्रस्त सूचीमा समावेश गरौँ’ नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते गर्ने निर्णय अध्यक्ष ढकाललाई पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मान एभरेस्ट वुमन्स भलिबल लिगको उपाधि कर्णालीलाई ‘दसैँ आइसक्यो, न बस्ने, न त खानाको जोहो भएको छ’ भैरव पुरस्कार हास्य व्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुल्यो लिभरपुल विजयी गृह मन्त्रालय र अनशन बसेका दीपक सिलवालबीच पाँचबुँदे सहमति, अनशन तोडियो हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

छुटे त्रिविका उपप्राध्यापक चलाउने, अनसन बस्ने तयारी



अ+ अ-

काठमाडौं । त्रिविका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले छाडेको छ।

आफूमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध जिल्ला अदालत, काठमाडौंमा धर्ना दिन पुगेका चलाउनेसहित केहीलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको थियो। उनलाई अभियन्ता गणेश थापाको रोहबरमा प्रहरीले छाडेको हो।

उनी आफूमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्तामाथिको मुद्दा फिर्ता लिने मन्त्रीपरिषदको निर्णय पछिको विरोध प्रदर्शन गर्न अदालतमा पुगेका थिए। सोहि क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

चलाउनेमाथि आक्रमण गरेको आरोपमा नेपाल विद्यार्थी संघका हरि आचार्य, योगेन्द्र रावल लगायतविरुद्ध काठमाडौं जिल्ला अदालतमा ज्यानमुद्दा विचाराधीन छ । ५ गतेलाई पेशी तोकिएको उक्त मुद्दा फिर्ता लिन मन्त्रिपरिषद्ले गरेको पत्र आइतबार अदालतमा पुगेको थियो ।

रिहा भएसँगै उनले अहिले साँझ पौने ५ बजे त्रिभुवन विश्वविद्यालयस्थित उपकुलपतिको कार्यालयमा पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन‍्। सम्मेलनपछि अनसन सुरू गर्ने उनको तयारी रहेको छ।

चलाउनेले आफूले यो मुद्दामा ५ वर्ष चक्कर काटिसकेको र अझै न्याय नपाएको बताए। उनले न्याय मरेको र मानवता हराएको देशमा आफूले बन्द इजलास र सरकारबाट न्याय नपाएको गुनासो गरे । राज्य नै अपराधीहरूले सञ्चालन गरिरहेको भन्दै उनले अनसन सुरू गर्ने बताएका हुन्।