२० माघ २०८१, आईतवार
,
Latest
अमलटारीबाट ल्याइएको गैँडालाई खगेन्द्रमल्ली क्षेत्रमा छोडियो म्याग्दीका जिसस प्रमुख सहकारी ठगी आरोपमा पक्राउ बागबजारस्थित आराधना कम्प्लेक्समा सुट मेला जनकपुरमा व्यवसायीमाथि रड प्रहार गरी निर्घात कुटपिट जनकपुरमा कवाड व्यवसायीमाथि रड प्रहार, पाँच जना प्रहरी नियन्त्रणमा विश्वका ५ खतरनाक पुलहरु जसमा यात्रा गर्दा शरीर काँप्छ संरक्षित क्षेत्रमा सर्वोच्च अदालतको निर्णय पालना भए मुलुक जलविद्युत उत्पादनमा २० वर्ष पछि धकेलिन्छः अध्यक्ष… नेतन्याहूले गाजा युद्धविरामको दोस्रो चरणबारे अमेरिकासँग छलफल गर्ने अझै सम्पन्न भएन लमजुङ दरबारको पुनर्निर्माण बाह्र किलोको काउली फलाएका खत्री भन्नुहुन्छ– ‘विदेश जाने सोच कहिले पनि आएन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा आएका सुझाव समेटेर बजेट परिमार्जन हुनुपर्छ: सांसद यादव



अ+ अ-

काठमाडौँ । सांसद रामकृष्ण यादवले सदनमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका सुझावलाई समेटेर बजेट परिमार्जन गरिनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले संसद्मा आएको सुझावलाई ग्रहण गरी सरकारले बजेटलाई परिमार्जन गर्नुपर्ने बताउनुभयो ।

“जेठ १५ गते बजेट पेस भयो, हामी बजेटमाथि छलफल गरिरहेका छौँ, सांसदले उठाएका विषय बजेटमा समेटिँदैनन् भन्ने कुरा आइरहेको छ”, उहाँले भन्नुभयो, “बजेट परिमार्जन गर्न नहुने तर वर्षभरि रकमान्तर एवं करका दर हेरफेर गर्ने विसङ्गत अभ्यासलाई अब परिवर्तन गर्नुपर्छ ।”

सरकारको नीति तथा कार्यक्रम एवं बजेट तर्जुमाको कार्यतालिका परिवर्तन गरेर जानुपर्नेमा उहाँले जोड दिनुभयो । “माघको अन्तिम साता सरकारको नीति तथा कार्यक्रम ल्याउने, फागुनको तेस्रो साता त्यसलाई परिमार्जनसहित पारित गर्ने, परिमार्जित नीति कार्यक्रमको जगमा उभिएर चैतको दोस्रो साता आगामी आवको बजेट ल्याएर पर्याप्त छलफल गरी जेठ मसान्तसम्म पारित गर्ने व्यवस्था मिलाउनुपर्छ”, सांसद यादवले भन्नुभयो ।

उहाँले बजेट विनियोजन गर्दा आवश्यकता र औचित्यका आधारमा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । आगामी आवको बजेटमा आवश्यकता भएको ठाउँमा बजेट नै नराखिएको उहाँको दाबी छ ।