१८ असार २०८३, बिहीबार
,
Latest
असई विक मृत्यु प्रकरणः पूर्वसांसद महतोसहित छ जनालाई पाँच वर्ष कैद, तीन जनालाई जन्मकैद सजाय सवारीको ठक्करदिँदा युवकको मृत्यु सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद् जोखिम व्यवस्थापनबारे संसदलाई जानकारी गराउन रास्वपा सांसद झाको माग



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले विपद् जोखिम व्यवस्थापनबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गर्नु भएको छ ।

वर्षात्का कारण पूर्वी पहाडी जिल्लाहरुमा विपद्मा परी उपचार नपाएर नागरिकहरुको ज्यान समेत गईरहेका बेला गृहमन्त्री नारायणकाजी श्रेष्ठ भने समाजवादी मोर्चा निर्माणमा लागेको भन्दै आपत्ति समेत जनाउनु भयो ।

सोमबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उहाँले वर्षातका कारण पूर्वी पहाडी जिल्लामा ठूलो धनजनको क्षति हुँदा पनि प्रधानमन्त्री पुष्पकमल दाहालसहितका मन्त्रीहरु संसदमा बेखवर रहेको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो । सांसद झाले बाढि र पहिरोका कारण नागरिकहरुमा मरिन्छ कि भन्ने डर बढदै गईरहेको तर सरकारले बेवास्ता गरिरहेको आरोप समेत लगाउनु भयो ।

उहाँले भन्नु भयो, ‘मृत्यु भन्दा नि ठूलो डर मरिन्छ कि भन्ने हो । त्यो पिडाले सधैं मारिरहेको हुन्छ । अहिले पहाडको केही जिल्लाहरुलाई त्यही त्रासले मारिरहेको छ । र, केही व्यक्तिहरु प्राथमिक उपचार नपाएर पनि हिजो ताप्लेजुङमा सुरेश राई नाम गरेको एक व्यक्तिको मृत्यु भयो । त्यसैगरी सबै जोखिमपूर्ण अवस्थामा रहेको छ । आज पहाड जोखिममा छ भने भोली तराई र मधेश जोखिममा हुनेछ । तर हामीले गृहमन्त्री र उहाँको तयारीको बारेमा जानकारी पाईरहेका छैनौं । सायद उहाँ मोर्चा बनाउनमा व्यस्त हुनुहुन्छ । अर्को, हाम्रो प्रधानमन्त्री लगायत अरु व्यक्तिहरुको जिम्मेवार पदमा रहेका उहाँहरुको उपस्थिति के हुँदैछ । हामी जनप्रतिनिधि हौं । हामीले पनि जवाफ दिनु पर्नेछ । तर हामीले प्रश्न सोध्ने कसलाई ? जवाफ कहाँबाट अपेक्षा गर्ने ? हामी जवाफ चाहन्छौं । यसका लागि अनुरोध गर्दछौं ।’

सांसद झाले आफूहरुले विपद व्यवस्थापनका बारेमा जनतालाई जवाफ दिनुपर्ने भएकाले सरकारले यसको बारेमा संसदलाई जानकारी गराउन ढिलाई गर्न नहुने बताउनु भयो ।