१४ भाद्र २०८३, आईतवार
,
Latest
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुद्दा फिर्ताविरुद्ध धर्ना दिन जिल्ला अदालत पुगेका उपप्राध्यापक चलाउने पक्राउ



अ+ अ-

काठमाडौं । त्रिविका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आफूमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध जिल्ला अदालत, काठमाडौंमा धर्ना दिन पुगेका चलाउनेसहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनी आफूमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्तामाथिको मुद्दा फिर्ता लिने मन्त्रीपरिषदको निर्णय पछिको विरोध प्रदर्शन गर्न अदालतमा पुगेका थिए। चलाउनेमाथि आक्रमण गरेको आरोपमा नेपाल विद्यार्थी संघका हरि आचार्य, योगेन्द्र रावल लगायतविरुद्ध काठमाडौं जिल्ला अदालतमा ज्यानमुद्दा विचाराधीन छ ।

५ गतेलाई पेशी तोकिएको उक्त मुद्दा फिर्ता लिन मन्त्रिपरिषद्ले गरेको पत्र आइतबार अदालतमा पुगेको थियो ।