२१ मंसिर २०८२, आईतवार
,
Latest
एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा बैठक: दस्तावेजलाई अन्तिम रुप दिने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दस्तावेजलाई अन्तिम रुप दिने भएको छ ।

सोमबार बिहान बसेको केन्द्रीय तथा संसदीय समितिको संयुक्त बैठकले दस्तावेजका लागि ७ वटा समूहबाट प्रतिनिधि हुने र इच्छुकहरू मध्येबाट कुल १७ जनाको प्रतिनिधिमण्डल बनाउने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता मुकुल ढकालका अनुसार बैठकले पहिलो ड्राफ्टमा परेका संसोधनका प्रस्तावलाई आवश्यक छलफल गरी दोस्रो ड्राफ्ट तयार गर्ने निर्णय गरेको छ ।

उहाँले दस्तावेज तयार गर्न पुन: नीति विचार कार्यशाला गरी भदौको दोस्रो सातासम्म अन्तिम रुप दिने जानकारी दिनुभयो । दस्तावेजको अन्तिम ड्राफ्ट सभापतिलाई बुझाउने निर्णय गरिएको छ । दस्तावेजमाथि अन्तिम रुप दिने अधिकार सभापति रवि लामिछानेलाई दिइएको छ ।

नीति कार्यशालामा प्रस्तुत गरेको दस्तावेजमाथि पार्टी नेताहरुले आलोचना गरेपछि थप छलफल गर्ने गरि नीति कार्यशाला अघिल्लो साता रोकिएको थियो ।

बैठकमा पार्टी स्थापना भएको ७ असारमा स्थापना दिवस मनाउने तयारीका विषयमा पनि छलफल भएको ढकालले बताउनुभयो । उहाँका अनुसार केन्द्रीय कार्यालय नयाँ भवनमा सर्ने, नयाँ भवनमा ७ असारमा चियापान कार्यक्रम गर्ने जस्ता विषयमा छलफल एवं आवश्यक निर्णय भएको छ ।