१४ भाद्र २०८३, आईतवार
,
Latest
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा बैठक: दस्तावेजलाई अन्तिम रुप दिने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दस्तावेजलाई अन्तिम रुप दिने भएको छ ।

सोमबार बिहान बसेको केन्द्रीय तथा संसदीय समितिको संयुक्त बैठकले दस्तावेजका लागि ७ वटा समूहबाट प्रतिनिधि हुने र इच्छुकहरू मध्येबाट कुल १७ जनाको प्रतिनिधिमण्डल बनाउने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता मुकुल ढकालका अनुसार बैठकले पहिलो ड्राफ्टमा परेका संसोधनका प्रस्तावलाई आवश्यक छलफल गरी दोस्रो ड्राफ्ट तयार गर्ने निर्णय गरेको छ ।

उहाँले दस्तावेज तयार गर्न पुन: नीति विचार कार्यशाला गरी भदौको दोस्रो सातासम्म अन्तिम रुप दिने जानकारी दिनुभयो । दस्तावेजको अन्तिम ड्राफ्ट सभापतिलाई बुझाउने निर्णय गरिएको छ । दस्तावेजमाथि अन्तिम रुप दिने अधिकार सभापति रवि लामिछानेलाई दिइएको छ ।

नीति कार्यशालामा प्रस्तुत गरेको दस्तावेजमाथि पार्टी नेताहरुले आलोचना गरेपछि थप छलफल गर्ने गरि नीति कार्यशाला अघिल्लो साता रोकिएको थियो ।

बैठकमा पार्टी स्थापना भएको ७ असारमा स्थापना दिवस मनाउने तयारीका विषयमा पनि छलफल भएको ढकालले बताउनुभयो । उहाँका अनुसार केन्द्रीय कार्यालय नयाँ भवनमा सर्ने, नयाँ भवनमा ७ असारमा चियापान कार्यक्रम गर्ने जस्ता विषयमा छलफल एवं आवश्यक निर्णय भएको छ ।