६ बैशाख २०८२, शनिबार
April 19, 2025 Saturday

22.27°C

काठमाडौं

22.27°C

Kathmandu

Feels-like: 22.46

Wind: 1.54

Humidity: 73

Latest
धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: अध्यक्ष दाहाल प्रधानमन्त्री ओली भेट्न देउवा र प्रचण्ड बालुवाटारमा पुरुषोत्तम नेपालको अध्यक्षतामा काभ्रे सेवा समाजको नयाँ कार्यसमिति चयन विद्यालयका प्रधानाध्यापक मृत भेटिए वायु प्रदुषण कम गर्न माग गर्दै प्रदर्शन इजिप्टियन राजकुमारको प्राचीन चिहान सक्कारामा फेला पर्यो कङ्गोमा डुङ्गामा आगलागी हुँदा १४३ जनाको मृत्यु मन्दिरको गेट निर्माणका क्रममा च्यापिएर एक जनाको मृत्यु प्रचण्डको जिकिरः नेवार समुदायको इतिहास अध्ययनबाट मात्रै नेपाली विशेषताको समाजवाद आउँछ हस्तक्षेपकारी बजेटका पक्षमा अर्थमन्त्री, रकम कटौती हुने भएपछि अधिकांश मन्त्रालय असन्तुष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी मोर्चा घोषणाको समय सर्‍यो



फाईल फाटो
अ+ अ-

काठमाडौँ । सोमबार (आज) अपराह्न ३ बजे घोषणा गर्ने भनिएको समाजवादी मोर्चाको समय एक घण्ट पर सरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वी पहाडको बाढी पहिरोग्रस्त क्षेत्रमा गएपछि समाजवादी मोर्चा घोषणाको समय सरेको हो।

प्रधानमन्त्री प्रचण्डका प्रेस विज्ञ मनहरि तिमिल्सिनाका अनुसार दिउँसो ३ बजेलाई तय भएको समाजवादी मोर्चाको घोषणा अपराह्न ४ बजेलाई सरेको छ

तिमिल्सिनाका अनुसार प्रधानमन्त्री केही बेरअघि पूर्वी पहाडी क्षेत्रको बाढी, पहिराले पुर्‍याएको क्षति र त्यहाँको वस्तुस्थिति बुझन् जानुभएको छ ।

आज अपराह्न नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले समाजवादी मोर्चा घोषणा गर्दैछन्।

मोर्चाको राजनीतिक–सैद्धान्तिक आधार र १५ बुँदे प्रतिबद्धतापत्र तयार भइसकेको छ।