२९ मंसिर २०८२, सोमबार
,
Latest
लेखराज भट्ट उपमहासचिवमा लड्ने भएपछि ओली प्यानलको सूची हेरफेर पासोमा फसेको चितुवाको उद्धार राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने एमाले ११ औं महाधिवेशन, यस्तो छ भृकुटीमण्डपमा चहलपहल–फोटोफिचर सबैलाई समेटेर अघि बढ्न जरुरीः महामन्त्री थापा एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर… एमाले नयाँ नेतृत्व चयनको निर्वाचन कार्यतालिका संशोधन अन्तरिम सरकार मन्त्रीका लागि भ्रष्टहरु खोज्दै हिँड्न थाल्योः रामहरी खतिवडा १ हजार ८ सय ५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य छः बालेन्द्र साह एमाले महाधिवेशनः ओली र पोखरेल प्यानलै बनाएर प्रतिस्पर्धामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरीको खेतीबाली विक्रीका लागि छुट्टै केन्दको स्थापना गर्न सांसद आचार्यको माग



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सांसद भिमप्रसाद आचार्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालय, सुनसरीमा जनशक्तिसहितको स्रोत, साधनको तत्काल आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नु भएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उहाँले त्यहाँको खेतीबालीका लागि प्रविधि र बजारको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले सुनसरीमा मकै खेतीको पनि जोन स्थापना गर्न सरकारसँग आग्रह गर्नु भयो । दशौं हेक्टर जमिनमा मकै खेती पनि सुरु भएकाले त्यसको पनि जोन नै स्थापना गर्नुपर्ने उहाँको भनाई थियो ।

सांसद आचार्यले भन्नु भयो, ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तरगत देशभर भएका १७७ वटा जोनहरु मध्ये सुनसरी जिल्लामा धान, तरकारी, माछा, बंगुर, अदुवा र हर्दी गरी पाँच वटा जोन छन । केही वर्षदेखि सुनसरीको दशौं हेक्टर जमिनमा उन्नत मकै खेती हुन थालेकाले मकै जोन पनि त्यहाँ थप गर्नुपर्ने आवश्यक्ता छ । यी खेतीहरुका लागि प्रविधि, भौतिक सहयोग, आर्थिक सहयोगका साथै विभिन्न ठाउँमा आवश्यक उपकरणहरु विक्री केन्द्रहरु, शीत भण्डार, प्रशोधन उद्योग लगायत बजारको राम्रो व्यवस्था गर्नुपर्ने अवस्था छ । यी सबै काम हुँदाहुँदै यावत कामहरुको व्यवस्थापन गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालयमा थप मानवीय स्रोत, थप साधनको व्यवस्थापन गर्नुपर्ने माग गर्न चाहन्छु । ’

सांसद आचार्यले सुनसरीको खेतीबाली विक्रीका लागि सरकारले छुट्टै केन्द्रहरुको स्थापना गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।