१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम

एमसीसीमा राष्ट्रिय सहमति आवश्यक छः शिक्षामन्त्री पौडेल

एमसीसीमा राष्ट्रिय सहमति आवश्यक छः शिक्षामन्त्री पौडेल
अ अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अहिलेको पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्म कायम रहने विश्वास दिलाएका छन् । 

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले भने,‘अहिले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्नेगरि मिति घोषणा भैसकेको छ। यो राम्रो कुरा हो । लोकतन्त्रमा निर्वाचन भनेको अनिवार्य कुरा हो, आधार हो । निर्वाचनको मिति घोषणा भएको छ, यो महत्वपूर्ण विषय हो । ०७४ सालमा स्थानीय तहको निवाृचन हुँदा तीन चरणमा भएको थियो, त्यसमा कुनलाई अन्तिम कार्यकाल मान्ने ? भन्ने कुरा थियो । यो विषय ऐन÷कानूनमा लेखिएको थिएन । त्यही भएर छलफल भयो । निर्वाचन नगर्ने वा सार्ने भन्ने कुरा थिएन । मिल्छ भने तीनै तहको निर्वाचन एकै पटक गर्ने भनेर छलफल भएको थियो ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले अहिलेकै गठबन्धनले तीनै तहको निर्वाचन सम्पन्न गर्ने दाबी गरे । उनले भने,‘एक वर्षभित्र सबै तहको निर्वाचन गराएर मुलुकमा तीनै तहमा नयाँ सरकार आउँछन्, स्थानीय तहको निर्वाचन एकै चरणमा हुने घोषणा गरेको छ। स्थानीय तहको सम्पन्न भएपछि हामी प्रदेश र संघको निर्वाचनको मिति घोषणा गर्छौं । यही सरकारले सबै तहको निर्वाचन गराउँछ ।’

उनले स्थानीय तहको निर्वाचनमा सरकारमा आवद्ध दलहरुबीच चुनावी गठबन्धन हुने विश्वास दिलाए । ‘माओवादी केन्द्र निर्वाचनमा प्रतिष्पर्धा गर्छ, सहमतिमै अहिलेको गठबन्धन कायम गरेर चुनावमा जाने पाँच दलीय गठबन्धनको लक्ष्य र चाहना छ।’–उनले भने,‘यो सरकारमा रहेका गठबन्धनका शक्तिहरु चुनावमा मिल्नुपर्छ । अहिले निर्वाचनमा सँगै जानेबारे गम्भीर छलफल भएको छ। हामी सँगै चुनावमा जान्छौं ।’

उनले गठबन्धन नभएपनि आफ्नो दल एक्लै भएपनि चुनावमा प्रतिष्पर्धा गर्ने बताए । यद्धपी गठबन्धनका अध्यक्षहरुमा भने अहिलेको पाँच दलीय गठबन्धनलाई चुनावसम्म लैजानुपर्छ भन्ने धारणा रहेको उनले सुनाए । 

उनले पार्टीको पदाधिकारी पनि छिट्टै चयन हुने स्पष्ट पारे । उनले भने,‘पदाधिकारी टुँगो लगाउने विषय धेरै ठूलो कुरा होईन, महाधिवेशनबाट केन्द्रीय समिति चयन भैसकेको छ। अब बस्ने केन्द्रीय कमिटीले चाँडै नै पदाधिकारी चयन गर्छ । सहमति भएन भने चुनाव हुन्छ। पदाधिकारी चयनको विषयले पार्टीमा कुनै भयानक ठूलो दुर्घटना हुँदैन् । हामी एकै दिनमा यो विषय टुँगो लगाउँछौं । छिट्टै केन्द्रीय कमिटीको बैठक राख्छौं । अहिले कोभिडको पनि त्रास छ। त्यही भएर बैठक सरेको छ।’

मन्त्री पौडेलले अमेरिकी सहयोग सम्झौता एमसीसीबारे सबै दलमा एकमतको धारणा नभएको बताए । उनले भने,‘एमसीसीबारे अहिलेसम्म संस्थागत निर्णय गरेर कुनैपनि पार्टीले एकमत बनाएका छैनन् । एमसीसीबारे राष्ट्रिय सहमति बनाउनुपर्छ । अहिले यो विषयमा छलफल चलिरहेको छ।’ 

उनले सरकारले सार्वनिक शिक्षालाई सबैले ग्रहण गर्ने लक्ष्य लिएर सोहीअनुसार काम गरेको सुनाए । उनले भने,‘शैक्षिक सत्र लस नगर्नेगरि एसर्ईईको परीक्षा तालिका सार्वजनिक गरेका छौं । चुनावलगत्तै प्लस टुको परीक्षा गर्छौं । विद्यार्थीहरुलाई खोपको व्यवस्था गरेका छौं । सरकारले खोपलाई अभियानको रुपमा अघि बढाएको छ । ’

विश्व स्वास्थ्य संगठनले सिफारिश गरेअनुसार ४ वर्षदेखि १२ वर्षसम्मका विद्यार्थीहरुलाई पनि छिट्टै खोप लगाउने उनको भनाई छ । त्यस्तै, उनले शिक्षक अस्पताल चितवनमा निर्माण हुने  कुरा मन्त्रिपरिषद्बाट निर्णय भएको सुनाए । 

शिक्षक सेवा आयोगलाई क्रियाशिल बनाईएको र विभिन्न तहको लागि १८ हजार शिक्षकको नयाँ दरबन्दी सिर्जना गरेर परीक्षा तालिका सार्वजनिक गरेको पनि उनले सुनाए ।  उनले भने,‘शिक्षकहरुको आन्तरिक बढुवा अहिले अघि बढाएका छौं । १८ वर्षदेखि यो काम रोकिएको थियो । केन्द्रीय लाईब्रेरी जमलमा निर्माण गर्दैछौं । केशरमहलभित्र पूरातत्व प्रकृतिको पुस्ताकालय रहन्छ, उच्च शिक्षाको थुप्रै सुधारको काम गरेका छौं । त्रिविको परीक्षा प्रणालीदेखि सबै शिक्षण प्रणाली सुधार गरेका छौं ।’

मन्त्री पौडेलले उच्च शिक्षा ऐन, संघीय शिक्षा ऐन, प्राविधिक शिक्षा ऐन सदनको अवस्था सहज हुनेबित्तिकै छलफलको लागि पठाउने पनि जनाए । त्यस्तै, उनले ७५३ वटै पालिकामा प्राविधिक शिक्षा पुर्याउनेगरि सरकारले काम गरिरहेको र पढ्दै कमाउँदै कार्यक्रमलाई पनि प्रभावकारी रुपमा कार्यान्वयन गराउन लागिएको बताए । 

उनले भने,‘यसको लागि भवन बनेको ठाउँमा आईसिटी ल्याब पुर्याउने र भवन नबनेको ठाउँमा भवन बनाउने काम हुँदैछ, शिक्षा क्षेत्रमा आउने वर्षदेखि कमसेकम २० प्रतिशत बजेट पुर्याउनेगरि अघि बढेका छौं । शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका कामदेखि करिकुलम व्यवस्थित् गर्ने काम भएका छन् । नीतिगत कामलाई क्रमशः अघि बढाएका छौं । चिकित्सा कलेजले अतिरिक्त शुल्क लिएको कुरा आएको थियो । हामीले यो विषय पनि सल्टाएका छौं ।’