६ भाद्र २०८३, शनिबार
,
Latest
अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ : प्रधानन्यायाधीश शर्मा सतर्कता केन्द्रको अनुगमन : १५ कार्यालयमा सेवा प्रवाह सुधारका लागि निर्देशन अर्घाखाँचीमा वन्यजन्तुको सिकारका लागि लाइसेन्स खुला बालिका हत्याको विरोधमा आज पनि वीरगन्ज-पथलैया सडक खण्ड अवरुद्ध अटिजम भएका बालबालिकाका लागि सबै प्रदेशमा आवासीय विद्यालय स्थापना गर्दै छौँ : मन्त्री पोखरेल बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान’बीच १४ बुँदे सहमति ‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र, बन्दैछन् २०० बढी स्टल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेनाल्टीमा क्रोएसियालाई हराउँदै स्पेनले उचाल्यो नेसन्स लिगको उपाधि



अ+ अ-

एजेन्सी । नेसन्स लिगको उपाधि स्पेनले जितेको छ । गएराति भएको खेलमा क्रोएसियालाई टाइब्रेकरमा हराउँदै स्पेन च्याम्पियन बनेको हो ।

नेदरल्यान्ड्सको डी कुइप मैदानमा भएको फाइनलमा निर्धारित ९० मिनेटसम्म र अतिरिक्त समयसम्म पनि गोलरहित बराबरी भएपछि खेलको छिनोफानो पेनाल्टीबाट लागेको हो ।

पेनाल्टीमा स्पेन ५–४ ले विजयी बन्यो । स्पेनका डानि कार्भहाल, मार्को एसेन्सिओ, मिकेल मेरिनो, रोड्री र जोसेलुले गोल गर्दा एइमेरिक लापोर्टे गोल गर्न चुके ।

यता, क्रोएसियाका लागि ब्रुनो पेट्कोभिच र लोभ्रो मजेर गोल गर्न चुके । इभान पेरिसिच, लुका मोड्रिच, मार्सेलो ब्रोजोभिच र निकोला भ्लासिचले गोल गरेपनि क्रोएसियालाई उपाधि दिलाउन सकेनन् ।