७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर

सडकमा कस्ले फाल्यो गोलभेँडा ? किसान कि बिचौलियाले ?

सडकमा कस्ले फाल्यो गोलभेँडा ? किसान कि बिचौलियाले ?
अ+ अ-

काठमाडौँ । किसानले गोलभेँडाको उचित मूल्य नपाउँदा आइतबार विहान कालीमाटी तरकारी बजारभित्रै तरकारी फालेर विरोध जनाएका छन् ।

तर सरकार भन्छ : कालीमाटीमा फालिएको गोलभेँडा किसानले होइन, बिचौलियाले फालेका हुन् ।

उपत्यका आसपासमा टनेलमा गोलभेँडा खेती गर्ने किसानले गोलभेँडाको लागत पनि उठाउन नसकेको गुनासो गर्दै गोलभेँडा फाल्न बाध्य भएको बताइएको छ । कालीमाटी बजार विकास समितिले आइतबारका लागि टनेलको सानो गोलभेँडाको थोक बिक्री मूल्य प्रतिकेजी आठ रुपैयाँमा खुद्रा बजारमा ३० देखि ३५ रुपैयाँमा प्रतिकेजी बिक्री भइरहेको छ ।

प्रतिकेजी ३० देखि ३५ रुपैयाँ उत्पादन लागत पर्ने गोलभेँडाको बजार मूल्य सातदेखि आठ रुपैयाँ पनि नपाएपछि किसानले बजारमा ल्याएर करिब ३० हजार केजी गोलभेँडा फालेका छन् ।

प्रतिकेजी गोलभेँडा उत्पादनका लागि न्यूनतम ३५ रुपैयाँ खर्च भएको छ । सात आठ रुपैयाँमा बिक्री गर्नुपर्ने अवस्था आयो । यसै नोक्सान उसै नोक्सान त्यसैले फ्याँके, बिहान कालीमाटी बजारमा गोलभेँडा फयाँकेका किसान नन्दलाल रोकायाले बताउनुभयो ।

‘छोराछोरी जस्तै गरी हुर्काएका विरुवाबाट फलेको गोलभेँडा बजारमा त्यत्तिकै फ्याँक्ने कसैलाई रहर हुँदैन भन्दै उहाँले उत्पादन गरेको तरकारी बिक्री गर्ने बजार पाइँदैन, नेपाली किसान कसरी बाँच्ने ?’, भनी प्रश्न गर्नुभयो ।

तरकारी बजार जहिलेपनि बिचौलियाको नियन्त्रणमा हुँदा यो देशमा किसानको लगानी र दुःखको मूल्यांकन कहिल्यै हुन नसकेको किसान रोकायाले गुनासो गर्नुभयो । कालीमाटी फलफूल तथा तरकारी बजारमा बिहान कायम गरिने मूल्य ८ बजेपछि परिवर्तन हुनालेपनि किसान मारमा परेको किसानको गुनासो छ ।

गोलभेँडाको उचित मूल्य निर्धारणका विषयमा राज्य जिम्मेवार नभए माइतीघर र सिंहदरबार अगाडि गोलभेँडा फाल्ने चेतावनी किसानले दिएका छन् ।

कालीमाटी थोक व्यवसायी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले भने किसानलेल लगाएको आरोपमा कुनै सत्यता नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले गोलभेँडा सबैतिरबाट आइरहेको छ । बढी उत्पादन भएकाले मूल्य सस्तो छ । त्यसैले बजारमा गोलभेँडाको मूल्य घटेको हो । प्रतिकेजी ११ रुपैयाँका दरले छाड्नुहोस बिक्री गर्छौ, हामीलाई नाफा दिनु पर्दैन भन्दाभन्दै उहाँहरुले सडकमा फयाँक्नुभयो ।’

उहाँका अनुसार अहिलो भारतबाट गोलभेँडा आएकै छैन । सबै हाम्रो उत्पादन हो तर किसानले यति धेरै गोलभेँडा लिएर बजारसम्म नआउने भएकाले गोलभेँडा किसानले नै फयाँकेको दाबी भने शंकास्पद छ ।

कालीमाटी तरकारी बजारकै केही व्यापारीले भने तरकारी फयाँक्ने कार्य बिचौलियाबाट मूल्य बढाउने उद्देश्यले गरिएको हुनसक्ने आंशका गरेका छन् । कालीमाटीकै तरकारी व्यवसायी बिनोद थापाले करिब पाँच हजार किसानको उत्पादन आइतबार नष्ट गरिएको दाबी गर्नुभयो । गोलभेँडाको मूल्य नपाएपछि केही दिनअिघ पाँचखाल, चितवन र आज काठमाडौँमा फ्याँक्नु परेको हो । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।