१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँसँगै पोखरामा पनि हिन्दी चलचित्र नचल्ने



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन शाहले हिन्दी चलचित्रको प्रदर्शनमा रोक लगाएसँगै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पनि हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाउनुभएको छ ।

आइतबार सिनेमा घरलाई पत्र लेख्दै उहाँले आदीपुरुष चलचित्रमा जानकी भारतीय छोरी हुन् भन्ने शब्द नहटाएसम्म कुनै पनि हिन्दी चलचित्र प्रदर्शन हुन नदिने स्पष्ट पार्नुभएको हो ।

काठमाडौँका प्रमुख बालेनको घोषणापछि आज काठमाडौँ महानगर अन्तर्गतका कुनै पनि सिनेमा घरले हिन्दी चलचित्रको टिकट काटेका छैनन् । यसअघि महानगरले उक्त गल्ती सच्याउन तीन दिनको समय दिएको थियो ।