६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालविरुद्ध जिम्बावेका एर्विनको शतक



अ+ अ-

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली जिम्बावेका कप्तान क्रेग एर्विनले शतक बनाएका छन् ।

नेपालले दिएको २९१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा उनले १११ बलमा शतक बनाएका हुन् । एर्विनले १३ चौका र १ छक्का प्रहार गरे ।

ताजा अवस्थामा जिम्बावे ३८.१ ओभरमा २ विकेटको क्षतिमा २३१ रनको स्थितीमा छ ।