१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम

ए डिभिजन लिगः मछिन्द्रद्वारा च्यासल पराजित

ए डिभिजन लिगः मछिन्द्रद्वारा च्यासल पराजित
अ अ+ अ-

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत शीर्ष स्थानको मछिन्द्र फुटबल क्लबले जित निकालेको छ ।

शनिबार दिउँसो भएको खेलमा मछिन्द्रले च्यासल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

मछिन्द्रलाई जित दिलाउन विमल घर्तिमगर र सुनिल बलले एक–एक गोल गरे । मछिन्द्रको दुबै गोल पहिलो हाफमा सम्झव भएको थियो । 

खेलको १६ औं मिनेटमा विमलले गोल गर्दै मछिन्द्रलाई १–० गोलको अग्रता दिलाए । रञ्‍जित धिमालको कर्नरमा विमलले हेडमार्फत उत्कृष्ट गोल गरे ।

२४ औं मिनेटमा मछिन्द्रका सुनिल बलको फ्रि–किकलाइै च्यासलका गोलकिपर प्रदिप भण्डारीले पन्च गरी बाहिर फाले । सुनीलले लेफ्ट कर्नरमा सानदार प्रहार गरेका थिए । 

खेलको ३४ औं मिनेटमा सुनिलले गोल गर्दै मछिन्द्रलाई २–० को अग्रता दिलाए । विमलले उपलब्ध गराएको पासलाई उनले गोलमा परिणत गरे । 

३९ औं मिनेटमा च्यासलका मौसा अबागानाको डी–बक्सबाहिरबाट गरेको उत्कृष्ट प्रहार मछिन्द्रका गोलकिपर विशालले उत्कृष्ट सेभ गरे ।

खेलको ५१ औं मिनेटमा मछिन्द्रका विमलको प्रहार पोस्टमा लागेर फर्किएको थियो । च्यासलका गोलकिपर अगाडि आएको समयमा बिमलले प्रहार गरेका थिए । 

६६ औं मिनेटमा मछिन्द्रका मिडफिल्डर मनिष डाँगी गम्भीर घाइते बने । च्यासलका यानिक केचासँग जुध्न पुग्दा उनी मैदानमा लडेका थिए । उनलाई तत्काल मैदानमै सीपीआर दिईएको थियो। 

७६ औं मिनेटमा मछिन्द्रका बिमलले दिएको बललाई विशाल राई वान भर्सेस वानमा गोल गर्न चुके । 

जितसँगै शीर्षस्थानमा रहेको मछिन्द्रले १० खेलमा २६ अंक जोडेको छ । यता, च्यासल १० खेलमा ५ अंकसहित पुछारमा रहेको छ । 

मछिन्द्रका बिमल घर्तिमगर म्यान अफ दी म्याच बन्दा च्यासलका प्रदीप भण्डारी इमर्जिङ प्लेयर चुनिए ।