काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले घरेलु टोली जिम्बावेविरुद्ध तेस्रो विकेट गुमाएको छ ।
नेपालका कप्तान रोहितको रुपमा नेपालले तेस्रो विकेट गुमाएको हो । उनी २९ बलमा ३१ रन जोडेर पेभिलियन फर्किए ।
त्यसअघि आशिफ शेख ६६ रनमा आउट हुँदा कुशल भुर्तेल ९९ रनमा आउट भएका थिए ।
ताजा स्थितीमा ४३.३ ओभरमा ३ विकेटको क्षतिमा नेपालले २४७ रन जोडेको छ ।