२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको सन्देश आफ्नो समूहलाई ‘फुटाउने र राज गर्ने’ नीति भएको नेपालको भनाई



अ+ अ-

काठमाडौं । एमालेको माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पुरानै संरचना फर्काउने सन्देश पठाए पनि त्यसलाई ‘धोका’ को संज्ञा दिएको छ। एमालेको आन्तरिक विवाद समाधानका लागि दुवै पक्षका दोस्रो पुस्ताका नेताबीच संवाद चलिरहेका बेला नेता माधवकुमार नेपालले ओलीको सन्देश आफ्नो समूहलाई ‘फुटाउने र राज गर्ने’ नीतिका रूपमा आएको बताएका छन्। ओलीको सन्देशलाई नेता नेपालले अलमल्याउन अपनाएको फन्डाका रूपमा लिएका छन्।  

‘जब ओली संकट महसुस गर्छन् त्यसपछि अनेकन फन्डा गर्न थाल्छन्। उनले पुरानो कमिटी ब्युँताउँछु भन्नु पनि त्यही फन्डा हो। साँचो अर्थमा ओलीले पार्टीको विवाद मिलाउन चाहेका छैनन्’, नेता नेपालले बुधबारको एक भर्चुअल बैठकमा भने। उनले आफू आन्दोलनबाट पछि नहट्ने समेत बताए। ‘हामी धेरै अघि बढिसकेका छौं, ओलीको चालबाजीमा फस्नेवाला छैनौं। ओलीले एकपटक होइन, धेरै पटक धोका दिएका छन्। 

यही अवस्थामा धेरै संवाद गर्नुको कुनै अर्थ छैन। जेजे गर्नु छ तीन दिनभित्र टुंग्याउन म साथीहरूलाई आग्रह गर्छु’, नेपालले भर्चुअल बैठकलाई सम्बोधन गर्दै भने। ओली समूहले गरेको कारबाहीको नाटक सबैभन्दा घातक भएको नेता नेपालको भनाइ थियो। ‘संवाद गर्छु भन्ने कारबाही गर्ने, संवाद गर्दागर्दै संसद् विघटन गरेर झन् लोकतान्त्रिक मूल्य र संविधानमाथि नै प्रहार गर्ने, यस्तो पनि संवाद गर्ने तरीका हो’, उनले भने। यो समाचार आजको नागरिक दैनिकमा छ ।