१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिम्बावेविरुद्ध कुशलको अर्धशतक



अ+ अ-

काठमाडौँ । ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले जिम्बावेविरुद्ध अर्धशतक बनाएका छन् । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली जिम्बावेविरुद्ध कुशलले अर्धशतक बनाएका हुन् ।

उनले ६३ बलमा अर्धशतक बनाएका हुन् । उनले ८ चौका प्रहार गरे । यससँगै कुशल टेस्ट टिमविरूद्ध एकदिवसीय खेलमा अर्धशतक प्रहार गर्ने नेपालका पहिलो ब्याटर बनेका छन् ।

हरारे स्पोट्र्स क्लबमा टस हारेर ब्याटिङ थालेको नेपाल यो खबर लेख्दासम्म २०.३ ओभरमा विकेट नगुमाई ८६ रनको स्थितीमा छ ।

जिम्बावेविरुद्धको खेल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता प्राप्त खेल रहेको छ ।