७ श्रावण २०८३, बिहीबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

किसानले उत्पादन गरेका कृषि अनाजहरुको उचित मूल्यको व्यवस्था गर्न एमालेको माग



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले किसानले उत्पादन गरेका गोलभेडालगायतका कृषि अनाजहरुको उचित मूल्यको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ ।

आईतबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले कालिमाटी बजारमा गोलभेडाको उचित मूल्य नपाउँदाखेरी किसानहरुले सडकमा नै त्यसलाई फ्याँक्नुपर्ने अवस्था आएको दृष्टान्त पेश गर्दै ती सबै कृषि अनाजहरुको उचित मूल्यको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको हो ।

सचेतक बर्तौलाले किसानहरुलाई आफ्ना अनाजहरुको क्षतिपूर्ति हुने गरी आवश्यक अनुदानको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनु भयो । उहाँले भन्नु भयो, ‘हाम्रो देश नेपाल कृषि प्रदान देश हो । हामी बैठकमा सहभागी भइरहेको बेलामा यति नै खेर सयौं किसानहरु काठमाडौंको कालिमाटीमा उपस्थित भएर उहाँहरुले आफूले उत्पादन गरेको हजारौं केजी टमाटरलगायत कृषि उत्पादनहरु कालिमाटी चोकमा सडकमा फ्याँकेर उहाँहरु आन्दोलन गरिरहनु भएको छ । उहाँहरुले निकै धेरै मात्रामा नेपाली किसानहरुले तरकारी उत्पादन गरिरहनु भएको छ । गोलभेडा उत्पादन गरिरहनु भएको छ । तर आफूले उत्पादन गरेको तरकारी आफूले उत्पादन गरेको मूल्य उहाँहरुले पाउन सक्नु भएको छैन । उहाँहरुको प्रतिकेजी उत्पादन लागत नै करिव २०/२५ रुपैयाँ पर्छ ।

तर उहाँहरुले मूल्य पाउँदाखेरी आज ४/५ रुपैयाँ पाउन पनि गाह्रो छ । किसानहरुको ढुवानीको लागि सरकारले अनुदानको व्यवस्था गर्नुपर्ने जरुरी देखिन्छ । त्यतिमात्रै होइन । किसानहरुको उत्पादन लागत बराबर बजार नपाउँदा, बजारको सुनिश्चितता नहुँदा सरकारले बजारको सुनिश्चितताको दायित्व लिनुपर्छ । मूल्य प्र्र्राप्त नगर्दाखेरी कम्तिमा पनि समर्थन मूल्य बराबर क्षतिपूर्तिको सुनिश्चितता सरकारले गर्नु पर्छ । तबमात्र नेपाली किसानहरुलाई कृषि उत्पादन गर भनेर प्रोत्साहित गरिरहँदाखेरी राज्यले अप्ठ्यारो पर्दा, समस्यामा पर्दा राज्य तिम्रो अभिभावक बन्छ, बन्नेछ भन्ने सुनिश्चितता त्यो राज्यले देखाउनु पर्छ ।

त्यसकारण जसरी किसानहरुले उत्पादन गरेको आज बन्दहरु, कोभीहरु बारीमा बजार नपाएर, मूल्य नपाएर सुकेर बसेको छ । दुध किसानहरुले मूल्ल नपाएर सडकमा पोख्नु परेको छ । गोलभेडा आज मूल्य नपाएर सडकमा यसरी फ्याँक्नु परेको छ । म नेपाल सरकारलाई कृषि मन्त्रीज्यूलाई सम्माननीय सभामुख महोदयमार्फत् म आग्रह गर्न चाहन्छु–ध्यानाकर्षण गराउन चाहन्छु कि किसानहरुका यी तमाम समस्याहरुलाई दिगो रुपमा समाधान गर्नका लागि क्षतिपूर्तिको व्यवस्था गरियोस् । आवश्यक अनुदानहरुको व्यवस्था गरियोस् । म यो माग गर्न चाहन्छु, ध्यानाकर्षण गराउन चाहन्छु ।’

सचेतक बर्तौैलाले मूल्य नपाएर किसानहरुले आफ्नो उत्पादन सडकमा फ्पाँक्नुपर्ने अवस्था आउन नदिनेगरी सरकारले सो समस्याको दिगो समाधान गर्नुपर्ने समेत बताउनु भयो ।