२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी मोर्चाको घोषणा भोलि गर्ने



फाईल फाटो
अ+ अ-

काठमाडौं । नेकपा (एमाले) बाहेकको कम्युनिष्ट र समाजवादी मिलेर बन्न लागेको समाजवादी मोर्चाको घोषणा भोलि हुने भएको छ ।

आइतबार बालुवाटारमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरूबीच भएको छलफलले भोलि मोर्चाको घोषणा गर्ने सहमति भएको हो।

राष्ट्रियसभा गृहमा विषेश कार्यक्रम गरेर भोलि मोर्चा घोषणा गर्ने सहमति भएको जसपा नेता राजेन्द्र श्रेष्ठले बताए। मोर्चामा नेकपा समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईलाई पनि सामेल गराउने विषयमा भने आफुलाई जानकारी नभएको उनले बताए । ‘मोर्चामा सुरूदेखि नै चार दलबीच गर्ने सहमति भएको हो । बाबुराम भट्टराई नेतृत्वको नेसपाबारे चाहिँ मलाई थाहा छैन’, उनले भने ।

सबै दलका नेताहरूले यस मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ । यो मोर्चा घोषणा भएसँगै प्रधानमन्त्री प्रचण्डले संसदमा ५४ सीटको नेतृत्व गर्नेछन् । संसदमा माओवादीको ३२, जसपाको १२ र नेकपा एसको १० सीट रहेको छ ।