२६ श्रावण २०८३, मंगलवार
,
Latest
लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता बेपत्ता पारिएका व्यक्तिको छानबिनलाई प्रभावकारी बनाइने शेखर गोल्छासँग मागियो एक करोड धरौटी युवाको सहकार्यबाट राज्यको भविष्य निर्माण गर्नुपर्छ : मुख्य सचेतक बुर्लाकोटी नेप्से परिसूचक झिनो अङ्कले बढ्यो डोल्मा फाउन्डेसनका अध्यक्षको अनुभव: नेपालमा लगानी ल्याउन र बाहिर लैजान दुवै कठिन गगन थापा र शेखर कोइरालाबीच भेटवार्ता प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल सशस्त्र प्रहरीले एक वर्षमा रु १३ करोडभन्दा बढीको अवैध सामान बरामद सभामुख अर्यालसँग अष्ट्रेलियाका लागि नेपालका राजदूत साइमन अन्स्र्टको शिष्टाचार भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी मोर्चाको घोषणा भोलि गर्ने



फाईल फाटो
अ+ अ-

काठमाडौं । नेकपा (एमाले) बाहेकको कम्युनिष्ट र समाजवादी मिलेर बन्न लागेको समाजवादी मोर्चाको घोषणा भोलि हुने भएको छ ।

आइतबार बालुवाटारमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरूबीच भएको छलफलले भोलि मोर्चाको घोषणा गर्ने सहमति भएको हो।

राष्ट्रियसभा गृहमा विषेश कार्यक्रम गरेर भोलि मोर्चा घोषणा गर्ने सहमति भएको जसपा नेता राजेन्द्र श्रेष्ठले बताए। मोर्चामा नेकपा समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईलाई पनि सामेल गराउने विषयमा भने आफुलाई जानकारी नभएको उनले बताए । ‘मोर्चामा सुरूदेखि नै चार दलबीच गर्ने सहमति भएको हो । बाबुराम भट्टराई नेतृत्वको नेसपाबारे चाहिँ मलाई थाहा छैन’, उनले भने ।

सबै दलका नेताहरूले यस मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ । यो मोर्चा घोषणा भएसँगै प्रधानमन्त्री प्रचण्डले संसदमा ५४ सीटको नेतृत्व गर्नेछन् । संसदमा माओवादीको ३२, जसपाको १२ र नेकपा एसको १० सीट रहेको छ ।