२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर– अस्पताल



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ ।

अस्पतालले आइतबार बिहान १०:४५ बजे बुलेटिन निकाल्दै शनिबार बिहान भर्ना हुनुभएका राष्ट्रपति पौडेलको मुटुको चालको निगरानी भइरहेको र अहिले उहाँको अवस्था स्थिर रहेको बताएको छ ।

यसअघि राष्ट्रपति पौडेल मुटुमा समस्या देखिएपछि जेठ ३० गते शहीद गंगालाल हृदयरोग केन्द भर्ना हुनुभएको थियो ।

केन्द्रमा नियमित स्वास्थ्य परीक्षण तथा उपचार गरी २४ घण्टा अवलोकनमा रहनुभएका उहाँ जेठ ३१ गते बिहान डिस्चार्ज हुनुभएको थियो ।