१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख बढी सहयोग भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार घोषणा हुनसक्छ समाजवादी मोर्चा: महरा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) बाहेकको कम्युनिष्ट र समाजवादी मिलेर बन्न लागेको समाजवादी मोर्चा मंगलबार घोषणा हुनसक्ने बताइएको छ ।

नेकपा (माओवादी केन्द्र) का प्रवक्ता कृष्णबहादुर महराका अनुसार समाजवादी मोर्चा मङ्गलवार घोषणा गर्ने तयारी गरिएको छ । उहाँले समाजवादी मोर्चाको नाम, घोषणापत्र र समसामयिक विषयमा कार्यपत्र तयार भइसकेको जानकारी दिनुभयो ।

मोर्चाको नेतृत्व, साङ्गठनिक संरचना लगायत विषयमा आज र भोलिसम्म टुङ्गो लगाइने उहाँले बताउनुभयो । अहिले तत्काल माओवादी केन्द्रसहित जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा समेटिने बताइएको छ ।

डा बाबुराम भट्टराई र वामदेव गौतम नेतृत्वको पार्टीलाई समेट्ने विषयमा छलफल जारी छ ।

यसैबीच अहिले प्रधानमन्त्री निवास बालुवाटारमा प्रस्तावित समाजवादी केन्द्रका नेताहरूको छलफल चलिरहेको छ ।

बैठकमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरूको सहभागिता रहेको बताइएको छ ।