५ चैत्र २०८१, मंगलवार
March 18, 2025 Tuesday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 15.02

Wind: 2.06

Humidity: 41

तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा साता कारोबारको पहिलो दिन अर्थात् आइतबार सुनको मूल्य बढेको छ।

आज छापावाल सुन प्रतितोला प्रतितोला दुई सय रुपैयाँले बढेर तोलाको एक लाख १२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबारमा उक्त सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ तोकिएको थियो ।

यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार उक्त सुन प्रतितोला एक लाख ११ हजार दुई सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।