६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा समाजवादी मोर्चाका नेताहरूको बैठक जारी



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा प्रस्तावित समाजवादी केन्द्रका नेताहरूको छलफल जारी रहेको छ ।

बैठकमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरूको सहभागिता रहेको बताईएको छ ।

आजको छलफलमा मोर्चाको घोषणा मितिको टुंगो लाग्ने बताईएको छ । मोर्चामा नेकपा समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईलाई पनि सामेल गराउने प्रयास भईरहेको बताईएको छ ।

बालुवाटार स्रोतले दिएको जानकारी अनुसार ७ गतेभित्र मोर्चाको घोषणा गर्ने तयारी भइरहेको छ ।