२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपहिरोमा परी वेपत्ताको खोजी, उद्धार र राहतमा लाग्न प्रधानमन्त्रीको निर्देशन



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी र पहिरोका कारणमा परी बेपत्ताहरुको खोजी, उद्धार र राहतमा सक्रियतापूर्वक लाग्न निर्देशन दिनुभएको छ । आज विहान सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले देशका विभिन्न जिल्लामा बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै बेपत्ताहरूको खोजी, उद्दार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंग र राष्ट्रसेवक कर्मचारीहरूलाई निर्देशन दिनुभएको हो । साथै उहाँले आ–आफ्नो ठाउँबाट सहयोगका लागि आम जनसमुदायमा हार्दिक अपील समेत गर्नुभएको छ ।

दुई–तीन दिनदेखिको वर्षाका कारण ताप्लेजुङ, पाँचथर, संखुवासभामा व्यापक असर गरेको छ।बाढी, पहिरोमा अहिलेसम्म २५ जना बेपत्ता छन्। एक जनाको शव फेला परिसकेके छ।

‘देशका विभिन्न जिल्लामा बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुस्ख व्यक्त गर्छु, साथै, बेपत्ताहरूको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंग र राष्ट्रसेवक कर्मचारीहरूलाई निर्देशित गर्दै आ–आफ्नो ठाउँबाट सहयोगका लागि आम जनसमुदायमा हार्दिक अपिल गर्छु,’ प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान फेसबुकमार्फत् जानकारी गराए।

सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीका कारण सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार एक जना मजदुरको शव पाँचखपन नगरपालिका–५ खोला किनारमा फेला परेको छ। बाढीले सात घर बगाएको छ।

साथै गत रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बगाउँदा पाँचथरमा पाँच जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा, फिदिम–४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष र एलिसा माझी र फिदिम–४ हेवाखोलाबाट एक जना रहेका छन्।