२० मंसिर २०८२, शनिबार
,
Latest
यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोटः नेपाल र जिम्बावे भिड्दै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता आज आईतबारबाट सुरु हुँदैछ ।

पहिलो दिन नेपालले घरेलु टोली जिम्बावेसँग प्रतिस्पर्धा गर्दैछ । खेल जिम्बावेमा रहेको हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ ।

जिम्बावेविरुद्धको खेल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता प्राप्त खेल रहेको छ ।

नेपाल र जिम्बावेले हालसम्म एक मात्र ५० ओभरको खेल खेलेका छन् । २०१८ मा जिम्बावेमा नै आयोजना भएको विश्वकप छनोट खेलमा नेपाल र जिम्बावेबीच खेल भएको थियो ।

२०१८ को विश्वकप छनोटको समयमा नेपालसँग ओडिआई मान्यता नरहेकाले उक्त खेल लिस्ट ए मान्यताको भएको थियो । नेपाल जिम्बावेसँग १ सय १६ रनले पराजित भएको थियो ।

ओडिआई विश्व वरियतामा नेपाल १५ औं र जिम्बावे ११ औं स्थानमा छन् ।

समूह एः नेपाल, जिम्बावे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका

समूह बीः श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड, ओमान र युएई

नेपालको टोलीः कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी., ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।