२६ श्रावण २०८३, मंगलवार
,
Latest
लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता बेपत्ता पारिएका व्यक्तिको छानबिनलाई प्रभावकारी बनाइने शेखर गोल्छासँग मागियो एक करोड धरौटी युवाको सहकार्यबाट राज्यको भविष्य निर्माण गर्नुपर्छ : मुख्य सचेतक बुर्लाकोटी नेप्से परिसूचक झिनो अङ्कले बढ्यो डोल्मा फाउन्डेसनका अध्यक्षको अनुभव: नेपालमा लगानी ल्याउन र बाहिर लैजान दुवै कठिन गगन थापा र शेखर कोइरालाबीच भेटवार्ता प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल सशस्त्र प्रहरीले एक वर्षमा रु १३ करोडभन्दा बढीको अवैध सामान बरामद सभामुख अर्यालसँग अष्ट्रेलियाका लागि नेपालका राजदूत साइमन अन्स्र्टको शिष्टाचार भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

म ठूला कुरामा मात्रै बोल्छु, साना कुरामा बोल्न भ्याउँदिनः रवि लामिछाने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सबै भ्रष्टाचारीहरुलाई एकैपटक जेलमा कोच्नु नै आफ्नो पार्टीको विचार भएको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो पार्टी पंक्ती अब देशमा गन्न नसकिने रुपमा अघि बढीसकेको बताउनु भयो । उहाँले आफ्नो पार्टीको विचार भनेकै संसारकै धनी देश बन्ने देशलाई गरिब देश बनाउनेहरुलाई चुनी चुनी कानूनी दायरामा ल्याउनु रहेको बताउनु भयो । उहाँले पार्टीलाई दुई तिहाईमा लैजानुपर्ने भएकाले अब खुद्रा कुरामा आफू नबोल्ने स्पष्ट पार्नुभयो । उहाँले अब आफू सधैँ ठूला कुरामा मात्रै बोल्ने र साना कुरामा बोल्ने समय आफूसँग नरहेको जिकिर गर्नुभयो । उहाँले साना कुराहरुमा पार्टीका अन्य नेताहरु बोल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी यो यात्रालाई अविरल अघि बढाउन चाहन्छौँ । नयाँ छौँ थाहा छ, सिक्ने कुरा धेरै छन् । विचार छैन भन्छन्, विचारका बारेमा कुरा पछि गरौँला । यो देशका भएभरका भ्रष्टलाई एकैपटक जेल कोच्ने विचार छ । यो देशलाई श्रोत र साधनको सम्पन्न संसारकै धनी देश बन्ने देशलाई गरिब देश बनाउनेहरुलाई चुनी चुनी कानूनी दायरामा ल्याउने विचार छ ।’

सभापति लामिछानेले जनताले आफ्नो पार्टीबाट चाहेको पहिलो काम भ्रष्टाचार नियन्त्रण रहेकाले आफूहरु त्यो लक्ष्य प्राप्तिका लागि लडिरहने बताउनु भयो । उहाँले आफ्नो पार्टीमा संलग्न भ्रष्टाचारीहरुलाई पार्टीबाट निस्कासित गरी उनीहरुले जितेका निर्वाचन क्षेत्रमा निर्वाचन गर्ने व्यवसथ गर्न चुनौति दिनुभयो ।