८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह

भ्रष्टाचारमा तानिएका नेताहरुको प्रतिरक्षा राजनीतिक दलहरुले गर्नुहुन्नः विश्वप्रकाश शर्मा

भ्रष्टाचारमा तानिएका नेताहरुको प्रतिरक्षा राजनीतिक दलहरुले गर्नुहुन्नः विश्वप्रकाश शर्मा
file
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको आरोपमा तानिएका नेताहरुको प्रतिरक्षा राजनीतिक दलहरुले गर्न नहुने बताउनु भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा फसेका काँग्रेस नेता बालकृष्ण खाँणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने दवाव बढिरहेका बेला उहाँले त्यस्ता गतिविधिमा संलग्न कुनै पनि नेतालाई पार्टीले प्रतिरक्षा गर्न नहुने आफ्नो अडान राख्नु भएको हो । शनिबार काठमाडांैमा आयोजित ‘शासन र शासक’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले काँग्रेस, एमाले र माओवादी केन्द्रजस्ता राजनीतिक पार्टीले आफ्नो पार्टीको अमूक नेताहरुलाई निर्दोष सावित गर्ने प्रयास गर्न नहुने बताउनु भयो ।

नेताहरुलाई दोषी करार गर्ने संविधान, कानुन र राज्यका निकाय भएकाले राजनीतिक दलहरुले त्यसले लिएको निष्कर्षलाई मानेर अघि बढनुपर्ने उहाँको भनाई थियो । महामन्त्री शर्माले राजनीतिक दलहरुले भ्रष्टाचारको आरोपमा परेका नेताहरुलाई प्रतिरक्षा नगरी स्वतन्त्र ढंगले सम्बन्धित निकायलाई छानविन गर्न दिने भनेको मुलुकको सुशासनका लागि महत्वपूर्ण कदम हुने पनि स्मरण गराउनु भयो ।

उहाँले भन्नु भयो, ‘मेरो पार्टीको अमूक नेता चाँही निर्दोष हुनुहुन्छ, फसाउन पाईदैन खोजिदैछ भनेर हामी कसैले भन्न पाउँदैनौं । यो देशमा कानुन छ । यो देशमा संविधान छ । यो देशमा अख्तियार छ । यो देशमा अदालत छ । तिनले भन्ने हो कि तिम्रो दलको नेता निर्दोष छ । लिएर गएर पार्टीको नेतृत्व गराऊ । अथवा तिम्रो दलका नेता दोषी देखिनु भयो । नख्खु जेलमा भेटन जाऊ भन्ने कुरा कसले गर्छ ? भन्दा अदालतले गर्छ । त्यो कर्ममा काँग्रेस, एमाले, माओवादी जस्ता दलले कसैले प्रतिरक्षा नगर्ने । र, कोही पनि निर्दोष नफसून । र, कोही पनि दोषी नउम्किउन भन्ने मनोविज्ञान बनाउने कुरा पनि सुशासनको एउटा कदम हुन्छ ।’

महामन्त्री शर्माले मुलुकको शासन र शासकीय संरचना सुधारका लागि राष्ट्रपति दोहो¥याएर नहुने, प्रधानमन्त्री दुई पटक भन्दा बढि बन्न नहुने व्यवस्था गर्नुपर्ने प्रस्ताव समेत गर्नु भयो । त्यसो गरियो भने त्यसले शासन व्यवस्थामा सुधारका प्रक्रियालाई अघि बढाउने र सक्षमहरुले मुलकको जिम्मेवारी सम्हाल्दै अघि बढने अवस्था आउने उहाँको बुझाई थियो । महामन्त्री शर्माले भन्नु भयो, ‘एक पटक राष्ट्रपति भएपछि अव दोहो¥याएर नहुने सिष्टममा जाऊ । दुई पटक प्रधानमन्त्री भएपछि तीन पटक नपाउने बनाऊ । ३ पटक भएपछि चार पटक नपाउने बनाऊ । ४ पटक सांसद भएपछि विदा लिने सिष्टम बनाऊ । जतिसुकै योग्य व्यक्ति भएपनि यो भन्दा बढि जिम्मेवारी नलिऊ । व्यक्ति जतिसुकै योग्य होस् । यसो गरेर मात्रै शासक र शासन व्यवस्थालाई सुधार गर्न जरुरी छ ।’

महामन्त्री शर्माले तीन पटक भन्दा बढि मन्त्री हुन नपाउने, चार पटक भन्दा बढि सांसद बन्न नपाउने व्यवस्था पनि मुलुकको शासन सुधारका लागि अति आवश्यक रहेको दावी गर्नु भयो ।