२६ श्रावण २०८३, मंगलवार
,
Latest
लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता बेपत्ता पारिएका व्यक्तिको छानबिनलाई प्रभावकारी बनाइने शेखर गोल्छासँग मागियो एक करोड धरौटी युवाको सहकार्यबाट राज्यको भविष्य निर्माण गर्नुपर्छ : मुख्य सचेतक बुर्लाकोटी नेप्से परिसूचक झिनो अङ्कले बढ्यो डोल्मा फाउन्डेसनका अध्यक्षको अनुभव: नेपालमा लगानी ल्याउन र बाहिर लैजान दुवै कठिन गगन थापा र शेखर कोइरालाबीच भेटवार्ता प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल सशस्त्र प्रहरीले एक वर्षमा रु १३ करोडभन्दा बढीको अवैध सामान बरामद सभामुख अर्यालसँग अष्ट्रेलियाका लागि नेपालका राजदूत साइमन अन्स्र्टको शिष्टाचार भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको टिप्पणीः लिभिङ टुगेदर चलेकै छ त, किन चाहियो समाजवादी मोर्चा ?



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फरक उद्देश्य भएका तत्वहरु एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति निर्माण नहुने टिप्पणी गर्नुभएको छ ।

शनिवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका नेता, कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै समाजवादी मोर्चा बनाउने नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका पार्टीहरुको निर्णयप्रति इंकित गर्दै फरक उद्देश्य भएका तत्वहरु एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति निर्माण नहुने टिप्पणी गर्नुभएको हो ।

उहाँले समाजवादी मोर्चा बनाउने कुरा एमालेसँग मुकाबिला गर्न र काँग्रेसलाई तर्साउन मात्रै भएकोले डराउनु आवश्यक नरहेको बताउनु भयो । अध्यक्ष ओलीले सँगै काम गरेका नेताहरुलाई आफूले राम्रोसँग चिनेकाले कुनै नयाँ कुरा नरहेको जिकिर गर्नुभयो । उहाँले आफ्नो ५८ वर्षे राजनीतिक जीवनमा कुनै र कसैप्रति पनि झुटो आरोप नलगाएको र तथ्यमा आधारित आरोपमात्रै आफूले लगाउने गरेको दाबी गर्दै आफूले लगाएका हरेक आरोपको जवाफ दिन आफू तयार रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेकपा एमालेको तर्फबाट बोलिएका मेरो जीवनभर लगभग ५८ वर्ष भयो, मैले राजनीतिक गरेको, ५८ वर्षको जीवनमा मैले बोलेका कुरा कुनै झुटमा आधारित र झुटो कुरा गरेको छैन, म हरेक कुराको जवाफ दिन तयार छु । हामीले विपक्षीमाथि अरु पार्टीमाथि लगाएको आरोप गलत छैनन् । सही आरोप लगाएका छौँ । सही आरोप लगाउँदा उहाँहरुलाई रिस उठ्छ । अब गठबन्धन मात्रै नपुगेर एउटा समाजवादी मोर्चा बनाउने रे । समाजवादी मोर्चा किन बनाउने भन्दा एउटा नेकपा एमालसँग मुकाबिला गर्न र अर्को काँग्रेस तर्साउन ।

समाजवादी मोर्चा बनाएर हुन्छ के ? किन बनाउने, तिनै चिनेका मान्छे हुन्, सँगै हिँडिरहेको हो, लिभिङ टुगेदर चलेकै थियो छ त । हामी एउटा यस्तो राष्ट्रिय शक्ति निर्माण गर्नुपर्छ जो देश, जनता, विकासप्रति समर्पित छ । चारतिर फर्किएका चार तिरका फरक उद्देश्यका तत्वहरु एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति बन्दैन, एकछिन एमालेलाई सरकारबाट बाहिर राख्ने हुनसक्छ, २०८४ सम्म हुनसक्छ हामी अब मिसन ८४ को तयारीमा छौँ । हामीलाई कसैले राष्ट्रिय शक्ति बन्नबाट रोक्न सक्दैन ।’

अध्यक्ष ओलीले नेकपा एमाले मिसन २०८४ को तयारीमा जुटेको र २०८४ मा एमालेलाई राष्ट्रिय शक्ति बन्नबाट कसैले रोक्न नसक्ने बताउनु भयो ।