८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह

धमाधम छात्रवृत्ति उपलब्ध गराउँदै निजी विद्यालय, चार सय ५७ ले बुझाए विवरण

धमाधम छात्रवृत्ति उपलब्ध गराउँदै निजी विद्यालय, चार सय ५७ ले बुझाए विवरण
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको पटकपटकको ताकेतापछि पछिल्लो समय निजी विद्यालयले छात्रवृत्ति दिएको विवरण पेश गर्न थालेका छन् ।

कामपाले एक साताअघि मात्रै सबै विद्यालयलाई नियमानुसार छात्रवृत्ति दिन र दिएको विवरण लिएर आउन निर्देशन दिएको थियो । निर्देशन दिएको केही दिनसम्म पनि निजी विद्यालयले विवरण लिएर नआएपछि कामपाले विवरण उपलब्ध नगराउने विद्यालयको नामनै सार्वजनिक गरी विद्यालय बन्द गर्ने चेतावनी समेत दिएको थियो ।

“नामनै सार्वजनिक गरेपछि भने छात्रवृत्ति उपलब्ध गराएको विवरण लिएर विद्यालय आएका छन्”, कामपा शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले भन्नुभयो । उहाँका अनुसार चार सय ५७ विद्यालयले अहिले विवरण लिएर आएका छन् भने बाँकी अन्यले पनि तत्काल ल्याउने जानकारी गराएका छन् ।

प्रमुख कोइलालाले भन्नुभयो, “आएका विवरणमध्ये अधिकांशले विद्यार्थीको नाम र कुन समूहलाई उपलब्ध गराएको उल्लेख गरेका छन् ।”

नियमअनुसार प्रत्येक विद्यालयले जम्मा विद्यार्थी सङ्ख्याको १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने हुन्छ । यसरी विद्यालयले दिएको विवरणमाथि कामपालाई आशङ्का लागे कामपाले थप अनुगमन गर्ने पनि जनाएको छ । पटक पटकको आग्रहकै कारण अहिले ९० प्रतिशत विद्यालयमा छात्रवृत्ति वितरण गरिसकेको कामपाको बुझाइ छ ।

कामपा शिक्षा विभाग प्रमुख कोइरालाले चालु शैक्षिक सत्रको गत जेठ २८ गतेभित्र १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराएको विवरण पेस नगरे विद्यालयको सम्बन्धन खारेज गर्ने र विद्यालयमा ताला लगाउने चेतावनी दिनुभएको थियो । कामपा विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ र ५९ एवं कामपाको शिक्षा ऐन, २०७५ को दफा ५० को व्यवस्थाअनुरूप छात्रवृत्ति वितरणको विवरण पेस गर्नुपर्ने हुन्छ ।

भर्ना भएका विद्यार्थीमध्ये १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था हुँदाहँुदै महानगरमा सञ्चालित झण्डै ७० प्रतिशत विद्यालयले विवरण पेस नगरेपछि कामपाले सार्वजनिक सूचनानै जारी गरेर कडाइ गर्नुपरेको हो । चालु शैक्षिक सत्र २०८० का लागि छात्रवृत्ति उपलब्ध नगराउनेमा अधिकांश महँगा विद्यालय रहेका थिए । कामपाको सूचीमा पाठशाला, साइपाल एकेडेमी, मेरिडियन, प्राञ्जली वल्र्ड स्कूल, अल्कापुरी, आलोक विद्याश्रम, नेपाल प्रहरी विद्यालय, आदर्श विद्या सदन, मञ्जुश्री, हिमालयन ह्वाइट हाउस, बेबिलोन र काठमाडौँ प्रज्ञा कुञ्ज समावेश थिए ।

त्यसैगरी ग्रिनवीच, विद्या सदन, बागमती, लिट्टिल बुद्ध, काठमाडौँ गुरुकूल, क्याम्पियन, ब्रिटिस गोरखा, संस्कार, राइजिङ, दिव्य ज्ञान, जिलेट, गिताञ्जली, संस्कार, कमलनेत्र छुनामुना, ग्रामर, समता, निष्ट, काष्ठमण्डप, किस्ट, प्यारागन पब्लिक, काठमाडौँ मोडेल स्कुललगायतका विद्यालयले कामपाले जारी गरेको सार्वजनिक सूचनापछि छात्रवृत्ति उपलब्ध गराएको विवरण लिएर आएका हुन् ।

कामपाले गत वैशाख २४ गते परिपत्र गरी जेठ १५ गतेभित्र छात्रवृत्ति विवरण कामपालाई दिइसक्नुपर्ने सूचना गरेको थियो । कामपामा रहेका विद्यालयले विवरण पेस नगरेमा कामपा शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा सो ऐन वा अन्य प्रचलित कानूनबमोजिम हदैसम्मको कारबाही गर्न सकिने व्यवस्था रहेको छ ।

कामपाले आगामी शैक्षिक सत्रबाट कूल विद्यार्थीको पाँच प्रतिशत सम्बन्धित विद्यालयले छात्रवृत्ति उपलब्ध गराउनुपर्ने र बाँकी ५ प्रतिशत छात्रवृत्ति बराबरको रकम कामपा शिक्षा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गर्ने भएको छ । कोइरालाका अनुसार छात्रवृत्ति दिँदा अब हरेक विद्यालयलाई कोटा निर्धारण गरिनेछ । त्यसका लागि विद्यार्थीसँग आवेदन आह्वान गरिनेछ । कामपाले नै प्रवेश परीक्षा सञ्चालन गरी सिफारिस गरेका विद्यार्थीलाई छात्रवृत्ति दिने व्यवस्था लागू गर्ने तयारी गरेको छ ।

स्थानीय पाठ्यक्रम अध्यापन गराउने शिक्षकको विवरण माग

कामपाले विगत तीन वर्षदेखि कार्यान्वयन गरेको स्थानीय पाठ्यक्रम ‘नेपाल भाषा’ अध्यापन गराउने शिक्षकको नामावली माग गरेको छ । आधारभूत तह कक्षा एकदेखि आठसम्म कामपाले स्थानीय पाठ्यक्रमको रूपमा नेपाल भाषामा अध्ययन गराउँदै आएको छ । सामुदायिक सबै विद्यालयमा पठनपाठन भइरहेको भए पनि केही निजी विद्यालयबारे आशङ्का भएपछि कामपा शिक्षा विभागले प्रत्येक विद्यालयमा अध्यापन गराउने शिक्षकको विवरण माग गरेको बताइएको छ ।

उक्त स्थानीय पाठ्यक्रममा काठमाडौँको कला संस्कृति, भाषा, धर्म, संस्कार, धार्मिकस्थल, ऐतिहासिक सम्पदा ढुङ्गेधारालगायत विषय समावेश गरी पठनपाठन गर्दै आइरहेको छ । हाल कामपामा ८९ सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन भने पाँच सय चार निजी विद्यालय रहेका छन् ।रासस