९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

युवा पुस्तालाई देशको कला, संस्कृतिको महत्त्व बुझाउन लाग्नुपर्छः मन्त्री शर्मा

युवा पुस्तालाई देशको कला, संस्कृतिको महत्त्व बुझाउन लाग्नुपर्छः मन्त्री शर्मा
अ अ+ अ-

देउखुरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशको कला, संस्कृतिको महत्त्व बुझाउन र नेपाली चलचित्र क्षेत्रबारे बालबालिकालाई सचेतना प्रदान गर्नु अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।

दाङको घोराहीस्थित बहुउद्देश्यीय सभागृहमा चलचित्र विकास बोर्डले आयोजना गरेको प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव, २०८० को शुक्रबार उद्घाटन गर्दै उहाँले नेपालको कला, संस्कृति, परम्परा, रीतिरिवाज, सभ्यता चिनाउन नेपाली चलचित्र क्षेत्रलाई सूचना प्रविधिको प्रयोगबाट सहीरूपमा बुझाउन चलचित्र विकास बोर्ड थालेको यो प्रयास निकै सराहनीय रहेको बताउनुभयो ।

पछिल्लो समय पश्चिमी संस्कृतिको प्रभावले नेपाली मौलिकतामा प्रहार भइरहेकाले यस प्रकारको कार्यक्रमले देश चिनाउन र नेपाली समाज बुझाउन भूमिका खेल्ने उहाँले अपेक्षा गर्नुभयो । “देशमा रहेका विविध कला संस्कृतिको महत्त्व उजागर गर्न र आफ्नोपनलाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा चिनाउन चलचित्रले भूमिका खेल्छ”, उहाँले भन्नुभयो, “चलचित्र केवल मनोरञ्जन मात्र होइन । यसले समाज राष्ट्र चिनाउन र कला संस्कृति चिनाउन भूमिका खेल्छ । जुन कुरालाई बालबालिकामा बुझाउन देशभर यस प्रकारका कार्यक्रम हुनुपर्छ ।”

पश्चिमा संस्कृतिले बालबालिका र युवामा पकड जमाउँदै लगेको बेलामा आफ्नो धरातल चिनाउन बाल चलचित्र महोत्सव कोसेढुङ्गा बन्ने उहाँको विश्वास छ । “चलचित्र विकास बोर्डले पहिलो पटक गरेको कार्यक्रमले बालबालिकालाई चलचित्रको अर्थ बुझाउन, यसका आयामबारे बोध गराउन र नेपालको कला संस्कृति उजागर गरेर सभ्य समाज निर्माणमा लाग्न युवा तथा किशोरकिशोरीमा देशको पहिचान के भन्ने कुरा सिकाउने अपेक्षा छ”, मन्त्री शर्माले भन्नुभयो, “हाम्रो कला संस्कृति के हो रु हाम्रो सभ्यता के हो रु यसका बारेमा सबैलाई बोध गराउन चलचित्र विकास बोर्डले थालेको अभियानले सरकारको सहयोगी भूमिका खेल्नेछ ।”

नेपाल कलासंस्कृतिको धनी देश भएकाले यहाँको कला संस्कृति अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “चलचित्र आम मानिसको रोजाइको क्षेत्र बन्ने गरेको छ । चलचित्रले दर्शकलाई मात्र मनोञ्जन दिँदैन, यसको आयाम धेरै छ । यति मात्रै होइन यस क्षेत्रमा लागेर व्यक्तित्व निर्माण गर्न चाहनेहरूका लागि पनि चलचित्र महत्त्वपूर्ण क्षेत्र हो, यसले प्रवाह गर्ने ज्ञान, सूचना र चेतनाले अझ लाभ दिने गर्छ”, उहाँले भन्नुभयो ।

चलचित्र क्षेत्रबाटै कैयौँ कलाकारले आफ्नो पहिचान बनाउँदै आएका छन् भन्दै मन्त्री शर्माले यसमा भविष्य देखाउन उमेर समूहका बालबालिका र किशोरकिशोरीलाई चलचित्र क्षेत्रमा आकर्षित गर्न महोत्सवबाट टेवा पुग्ने अपेक्षा गर्नुभयो ।

उहाँले नेपालमा गणतन्त्र स्थापनापछि सूचना प्रविधिको विकास तीव्ररूपमा भइरहेको बताउँदै यसको सकारात्मक उपयोगमा लाग्न सके राष्ट्रले विकासमा थुप्रै फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो । “देशको माटो, यहाँको उत्पादन, शिक्षा, स्वास्थ्य, समाज चिनाउन सूचना प्रविधिको सही उपयोग हुनुपर्छ भन्ने सरकारको मान्यता हो । काममा सबै लाग्नुपर्छ । सूचना प्रविधि उपयोगसँगै दुरुपयोग पनि बढेको छ । यो रोक्नुपर्छ”, उहाँले भन्नुभयो ।

बालबालिकालाई सूचना प्रविधिको सही उपयोगमा लाग्न हौसला दिनुपर्ने उहाँको भनाइ थियो । अहिले धेरै बालबालिका मोबाइल र कम्प्युटरको लतमा फस्दै गएको गुनासो अभिभावकबाट आउने गरेको भन्दै मन्त्री शर्माले भन्नुभयो, “बालबालिकालाई सूचना प्रविधिबाट अलग गर्न त सकिँदैन तर उनीहरूलाई यसको दुरुपयोगबाट बचाउँदै उपयोगी ज्ञान र सीप सिकाउन ज्ञान र सन्देशमूलक बालचलचित्र उपयोगी हुन सक्छन् ।”

गलत कामलाई नियमन गर्न कानून आवश्यक रहेको भन्दै उहाँले यसका लागि तयार भइसकेको कानुन मस्यौदालाई मूर्तरूप दिन सरकार गम्भीरतापूर्वक लागेको जानकारी दिनुभयो ।

मन्त्री शर्माले नेपालमा प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव भए पनि अन्तर्राष्ट्रियस्तरमा नियमितरूपमा यस्ता महोत्सव हुने गरेको चर्चा गर्दै नेपालबाट बालबालिकाले बनाएका वा उनीहरूका बारेमा बनेका बाल चलचित्र अन्तर्राष्ट्रिय महोत्सवमा पुर्याउने गरी अब तयारी थाल्न चलचित्र विकास बोर्डलाई सुझाव दिनुभयो ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा स्थानीय कला संस्कृति झल्किने झाँकीसहित सांस्कृतिक प्रस्तुति समावेश गरिएको थियो । कार्यक्रममा स्थानीय कला संस्कृतिसहतिको लोक बाजा, नृत्य प्रस्तुत गरिएको थियो भने कलाकार चेतन सापकोटा, सत्यकला राई, अनुभव रेग्मीलगायतले प्रस्तुति राख्नुभएको थियो ।

यही असार ३ गतेसम्म चल्ने महोत्सवमा बालबालिका तथा किशोरकिशोरीलाई आफ्नो कथा भन्ने र हेर्ने वातावरण तयार गर्ने, उनीहरूमाझ चलचित्रको माध्यमबाट शिक्षा र संस्कृतिलाई अघि बढाउने बारेमा जानकारी प्रदान गरिने बताइएको छ । बोर्डका अध्यक्ष केसीले ‘बालबालिकासँग भुवन केसी’ कार्यक्रममार्फत आफ्नो सिने यात्रा र नेपाली चलचित्रबारे अन्तरक्रिया गर्नुहुनेछ ।