१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम

अँगेनामा अग्नि !

अँगेनामा अग्नि !
अ अ+ अ-

त्यसो त सभामुखमाथि दलीय द्वन्द्वको दबाब हिजोका दिनहरुमा पनि नपर्ने गरेको होइन । दलहरुका असहमतिहरु संसदमै गएर ठोक्किने र तिनका आफ्ना राजनीतिक लेनदेनका हरहिसाबको अचानो संसद नै बन्दा कैयौँ दिन त के महिनौँसम्म पनि संसदका बैठक सञ्चालन हुन नसकेका उदाहरण हामीसँग बग्रेल्ती छन् । पहिले एमालेले ५७ दिनसम्म संसद चल्न नसकेका रेकर्ड अहिलेको संसदले नै तोडेजस्तो लाग्छ । सत्तापक्ष र प्रतिपक्षबीचमा संसद् र सांसदका एजेण्डामा द्वन्द्व हुन्छ नै ।

यसैको शिकार बन्छ संसद । र यो विवादलाई मिलाएर सामान्य सहमति कायम गर्न नसकेमा सभामुखले संसद्को कारबाही अघि बढाउन सक्दैनन् । यो संसारकै संसदीय राजनीतिक प्रणालीको रित हो । त्यसैले सभामुख सबैको सर्वस्वीकार्य, पार्टीभित्र अनावश्यक मात्रामा ढल्किन चाहने भन्दा केही फरक र वरिष्ठ राजनीज्ञि चाहिने यही कारणले हो । किनभने कतिपय अवस्थामा त आफैं मध्यस्थकर्ता भएर पनि सत्तापक्ष र प्रतिपक्षलाई मिलाउन सभामुखले पहल गर्नुपर्छ । मुलुकको व्यवस्थापिकाको प्रमुखका हैसियतले सभामुखले देशको संसद सञ्चालन गर्नसक्ने क्षमता देश र जनतालाई देखाउन सक्नुपर्छ ।

संसदमा जनताका प्रतिनिधि बस्ने र मुलुक हाँक्ने कानुन निर्माण गर्ने मात्र नभएर देशको कार्यकारी प्रमुख प्रधानमन्त्री नै चयन गर्ने भएकाले संसदीय राजनीतिक व्यवस्थामा संसदको ठूलो गरिमा छ । त्यसैले पनि यो गरिमालाई कायम राख्न प्रतिनिधिसभाको स्वतन्त्र र निष्पक्ष प्रतिनिधिका रूपमा सभामुखलाई लिइन्छ । यहाँसम्म कि उसले कुनै विषयमा पनि संसदमा पक्ष विपक्षमा मतदान गर्न पाउँदैन, मत बराबर भएको अवस्थामा बाहेक । 

यतिखेरका मुलुकका सभामुख अग्निप्रसाद सापकोटा माथि उल्लेख गरिएजस्तो गरिमामय भूमिकामा देखिन्नन् भन्छ प्रमुख प्रतिपक्षी दल एमाले । बाहिरबाट यसो हेर्दा पनि अवस्था त्यस्तै देखिन्छ । किनभने उनले अमेरिकी सहयोग परियोजना, एमसिसीलाई संसदमा प्रवेश नगर्ने भनेका छन् । अनि उता सरकार भन्छ– सरकारले ल्याएको प्रस्ताव सभामुखले संसदमा पेश गर्दिन भन्न पाइँदैन । पूर्व सभामुखहरु पनि यस्तै भन्छन् । उनीहरुका भनाईमा पनि सभामुख व्यवस्थापिकाको प्रमुख हो, प्रधानमन्त्री कार्यकारी प्रमुख । सरकारका प्रमुखले कुनै एजेण्ड संसदमा पेश गर्न ल्याउँदा सभामुखले गर्दिन भन्न पाइँदैन भन्छन् संसदीय मामिलाका विज्ञहरु पनि । 

तर सभामुख यो एजेण्डा पेश गर्ने पक्षमा छैनन् । तर सरकार सभामुख सापकोटाले त्यो एजेण्डा पेश गर्नैपर्छ भन्नेमा छ । जुन पृष्ठभूमिकको दलबाट उनी सभामुख भए त्यो पार्टी अर्थात् माओवादी पार्टी नै सभामुखले यो एजेण्ड प्रस्तुत गर्न नहुने लाइनमा छ । यसरी अग्निपरीक्षामा परेका छन् सभामुख । त्यसो त माओवादी पार्टी नै यतिखेर नेपाली जनताको अग्निपरीक्षामा छ । तर सभामुख भने अग्निपरीक्षाभन्दा पनि अँगेनाकै भुंग्रोमा परेको देखिएको छ । एमसिसी एजेण्डा नेपाली राजनीतिमा जति पेचिलो बन्दै जान्छ त्यति नै भुंग्रोमा पर्दैछन् सभामुख । अब त अवस्था यस्तो आयो कि कित सभामुखले राजीनामा दिएर बाटो खोलिदिनुपर्छ या उनले सरकारले ल्याएको एजेण्डा संसदमा पेश गरिदिनुपर्छ । 

तर सभामुख अहिलेमात्र विवादमा परेका होइनन् । उनी सभामुख भएदेखि नै मानवअधिकारवालाहरुले उनको सर्वाेच्च अदालतमा विचाराधीन रहेको मुद्दाको विषय उठाएर विवादमा ल्याए । उनी सभामुख भएदेखि नै नेकपा आन्तरिक  विवादमा फस्यो । प्रचण्ड र ओलीबीच विवाद चर्किँदै गयो । यसले गर्दा संसदमा पनि विवाद प्रवेश गर्यो । त्यसको पनि बीचमा र स्वतन्त्र भूमिकामा उनी रहन सकेनन् । जस्तो कि संवैधानिक परिषदको बैठक नै उनले बहिस्कार गरिदिए । प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषदको बैठक सभामुखले बहिस्कार गर्ने परिपाटी संसारकै संसदीय शासन प्रणाली अंगालेका देशमा दुर्लभै भेटिन्छ । त्यो रेकर्ड पनि उनले तोडेका थिए । 

अहिले सभामुखमाथिनै प्रमुख प्रतिपक्षी दलको मुख्य आरोप छ । आफ्नो पार्टी छोडेर नेकपा एसमा पुगेका सांसदहरुलाई कारबाही गरेर निस्कासन गरेकामा त्यसलाई कार्यान्वयनमा नल्याएको प्रतिपक्षी दलको आरोप छ । एमालेले सभामुखको राजीनामा मागेरै संसद अवरुद्ध गरेको महिनौँ भैसक्यो । यता देशभित्रै यस्तो हालत छ भने उता एमसिसी पेश गर्ने विषयमा सभामुखको बाटो हेर्ने काम सर्वत्र हुदैछ । यसरी आगोको भुंग्रोमा मात्र पनि होइन कि अँगेनामै पर्दछन् सभामुख ।