२१ मंसिर २०८२, आईतवार
,
Latest
नेपालमा लैङ्गिक हिंसाको बहुआयामिक चुनौतीः कानूनी ढाँचा मजबुत भएपनि कार्यान्वयन कमजोर मधेसका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु लगानीका लागि स्थायित्व जरुरी छः सिइओ ज्ञवाली राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई मेयर शाहको पत्र – ‘आदिपुरुष’को विवादित अंश नहटाएसम्म भारतीय चलचित्र प्रदर्शन गर्न नदिउँ



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश मूल भागबाट नहटाएसम्म नेपालमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न नदिने व्यवस्था मिलाउन माग गर्दै सरकारलाई पत्र पठाएका छन् ।

उनले शुक्रबार सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयलाई पत्र लेख्दै उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म नेपालमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न निषेध गर्नेगराउने व्यवस्था गर्न आग्रह गरेका हुन् ।

नेपाल सरकारले छिमेकी मित्रराष्ट्र भारतसँग कूटनीतिक पहल गरी उक्त चलचित्रको आपत्तिजनक अंश हटाउने व्यवस्था मिलाउन मेयर शाहले ध्यानाकर्षण गराएका छन् ।

मेयर शाहले पठाएको पत्रमा भनिएको छ– ‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले कूटनीतिक पहल गरिनुपर्छ ।’