१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम

सहिद स्मारक ए डिभिजन लिग: सातदोबाटो युथ क्लब, मच्छिन्द्र बिजयी

सहिद स्मारक ए डिभिजन लिग: सातदोबाटो युथ क्लब, मच्छिन्द्र बिजयी
अ अ+ अ-

काठमाडौ । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा शनिबार विभागीय टोली नेपाल पुलिस क्लबलाई सातदोबाटो युथ क्लबले पराजित गर्दा अर्को खेलमा तालिकाको शीर्ष स्थानमा रहेको मच्छिन्द्रले च्यासल युथ क्लबलाई हराएको छ ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा सातदोबाटो युथ क्लबले नेपाल पुलिसलाई १–० ले पराजित गरेको हो । सातदोबाटो युथ क्लबलाई जित दिलाउन आकाश बुढामगरले १९औं मिनेटमा गरेको गोल निर्णायक भएको हो । यससँगै सातदोबाटो बाटोले डेब्यु सिजन मै बलियो टोली मध्येको पुलिसमाथि अर्को सफलता निकालेको हो । यस अघि सातदोबाटोले थ्री स्टार र मनाङ मस्र्याङ्दी पराजित गर्दै जारी लिगमा सनसनी मच्याएको थियो ।

निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिसका हेमन्त श्रेष्ठले पेनाल्टी क्षेत्र भित्र आकाशलाई फाउल गरेपछि सातदोबाटोले पेनाल्टीको अवसर पाएको थियो । जसमा आकाशले पेनाल्टी अवसरलाई सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका थिए जुन गोल तीन अंकका लागि पर्याप्त बन्यो ।

यस जितसँगै सातदोबाटोले १० खेलमा १५ अंक जोडेको छ । सातदोबाटो पाँचौं स्थानमा उक्लिएको छ । पुलिसले १० खेलमा १० अंक जोडेको छ । पुलिस १० औं स्थानमा रहेको छ ।

लिग अन्तर्गत दशरथ रंगशालामा नै भएको अर्को खेलमा शीर्ष स्थानको मच्छिन्द्रले रेलिगेशन क्षेत्रको पुछारमा रहेको च्यासलमाथि २–० को जित निकाल्यो । राष्ट्रिय टोलीका खेलाडीले भरिएको मच्छिन्द्रको जितमा विमल घर्ती मगर र सुनिल बलले एक÷एक गोल गरे । मच्छिन्द्रले पहिलो हाफमा गरेको गोल नै तालिकामा शीर्षता कायम राख्न सहयोग पुग्यो ।

तुलनात्मक रुपमा कमजोर देखिएको च्यासलविरुद्ध मच्छिन्द्रले सुरुआतबाट नै दबाब दिएर खेलेको थियो । सोही क्रममा १७ औं मिनेटमा विमलले गोल गर्दै मछिन्द्रलाई १–० गोलको अग्रता दिलाएका हुन । रञ्जित धिमालको कर्नरमा विमलले उत्कृष्ट हेडर गोल गरेका हुन । त्यसका आठ मिनेटपछि सुनिल बलले गोल गर्दै मछिन्द्रलाई २–० को अग्रता दिलाए । विमलले उपलब्ध गराएको पासमा सुनिलले पेनाल्टी क्षेत्रबाट जाली चुमाएका  थिए । तर दोस्रो हाफको खेलमा भने मच्छिन्द्रलाई झट्का लाग्यो । सुनिलको स्थानमा बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मनिष डाँगी विपक्ष च्यासलका यानिक केचासँग जुध्न पुग्दा मैदानमा लडेका थिए । उनलाई तत्काल मैदानमै सीपीआर दिईएको थियो । त्यसपछि थप उपचारका लागि मनिषलाई  त्रिपुरेश्वरको ब्लु क्रस अस्पताल लगिएको छ । अस्पताल प्रशासनले मनिष खतरामुक्त भएको भन्दै विज्ञप्पती पनि जारी गरेको छ ।

जित पछि शीर्ष स्थानको मच्छिन्द्रको १० खेलबाट २६ अंक भएको छ । समान १० खेलमा ५ अंको जोडेको च्यासल तालिकाको पुछारमा छ ।

शनिबारै ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दी क्लब र थ्री स्टार क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मनाङ र थ्री स्टारले १–१ गोलको बराबरी खेलेको हो । बराबरीसँगै तालिकाको दोस्रो स्थानमा रहेको मनाङलाई उपाधि होडमा धक्का लागेको छ भने शीर्ष स्थानको मच्छिन्द्रलाई ६ अंकको अग्रता मिलेको छ ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पहिलो हाफ गोल रहित बराबरी खेलेका थिए । दोस्रो हाफमा स्पष्ट जितका लागि आक्रामक खेल खेलेका दुबै टोलीले एक÷एक गोल गर्दै अंक बाँडे । ६२ औं मिनेटमा वैकल्कि खेलाडीको रुपमा मैदान पसेका दयानन्द सिंहले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । कप्तान अन्जन विष्टको क्रसमा दयानन्दले हेडर मार्फत गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । तर मनाङको अग्रता धेरै समय टिकेन । ७१ औं मिनेटमा ऋतिक खड्काले गोल गर्दै थ्री स्टारलाई १–१ गोलको बराबरीमा ल्याएपछि बाँकी समयमा दुबै टोलीबाट थप गोल हुन सकेन । ल्याएका थिए ।

यस बराबरीसँगै मनाङले १० खेलमा २० अंक जोडेको छ ।  मनाङ लिगको दोस्रो स्थानमा यथावत रहँदा थ्री स्टार १० खेलमा १७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

लिगमा आइतबार दुई खेल हुनेछन् । दुबै खेल त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुनेछन् । दिनको पहिलो खेल न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा तथा दोस्रो खेल आहा राराको पछिल्लो संस्करणको विजेता एपिएफ र संकटा क्लब बीच प्रतिस्पर्धा हुनेछन् ।